सरकार

img
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजानिक हुन्छ : मन्त्री पोखरेल

सांसद राधेश्याम अधिकारी ः उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ? राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित सांसद अधिकारीले सो प्रश्न राख्नुभयो । प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधि र प्रक्रिया पूरा भएपछि प्रतिवेदन सार्वजानिक गरिने जवाफ दिनुभयो । 

by RSS | Feb 14
img
वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले सो विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो । 

by RSS | Feb 14
img
सुशासनको आरम्भ सिंहदरबारबाट शुरु गर्नुपर्छः सांसद

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ । उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका अधुरा योजना पूरा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

by RSS | Feb 14
img
स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ । गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहकाबीच उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो शिविरको उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय

by RSS | Feb 14
img
खाडी र मलेसियाका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा  

सरकारले रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ ।

by Anu Rana | Feb 14