सरकार

img
ब्रुनाईमा कडा इस्लामिक कानुन लागु गरिँदै

ब्रुनाईमा कडा इस्लामिक कानुन लागु भएको छ, यो कानुन अनुसार समलिंगी यौन सम्बन्धका कायम गरेमा मृत्युदण्डको सजाय हुनेछ । समलिंगी यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

by Anu Rana | Apr 05
img
राहत वितरणमा एकद्वार प्रणाली लागू

हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई बताउनुभयो ।

by RSS | Apr 05
img
ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको बताउनुभयो ।

by RSS | Apr 04
img
बचत तथा ऋण सहकारीभन्दा अन्य आवश्यक

काठमाडौँ महानगरपालिकाले बचत तथा ऋण सहकारीभन्दा अन्य सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह गरेको छ । बुधबार यहाँ आयोजना गरिएको ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कामपाको सहकारी विभागले बचत सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भइसकेको भन्दै श्रमिकको हकहितका लागि सहकारी सञ्चालन गर्न आवश्यक रहेको जनाएको हो ।

by RSS | Apr 04
img
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो ।

by RSS | Apr 04
img
अल्जेरियाका राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिए  

बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

by Anu Rana | Apr 04
img
जापानमा नयाँ शाही युगको नाम ‘ रेइवा ’  

जापानमा नयाँ सम्राट परिवर्तन भएसंगै नयाँ सम्राटको शासन युगका रुपमा नयाँ संवतको नाम घोषणा हुने परम्परा छ । जसअनुसार  अप्रिल १ का दिन जापानको नयाँ संवतको नाम ‘रेइवा’ घोषणा भएको छ ।

by Anu Rana | Apr 03
img
किम जोङ–नाम हत्या आरोपीलाई जेल

उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको हत्या आरोपमा मलेसियामा मुद्दा चलाइएकी भियतनामी महिलाले खतरनाक हतियार प्रयोग गरेको आरोप स्वीकार गरेकी छिन ।

by Anu Rana | Apr 03
img
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ गर्नुभएको हो । गत सोमबार रातिदेखि ‘रनवे रिह्याब‘ स्तरोन्नतिको काम शुरु गरिएको थियो । कार्यक्रममा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी तथा निर्माणको जिम्मा लिएको चिनियाँ र कोरियन कम्पनीका

by RSS | Apr 03
img
महाकालीलाई शैक्षिक नगरी बनाइने

दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने भएको छ । जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिकालाई शैक्षिक केन्द्र रूपमा विकास गर्दै शैक्षिक नगरी बनाइने भएको हो । आगामी शैक्षिक सत्रबाट शैक्षिक नगरपालिकाको रूपमा विकास गर्ने उद्देश्यअनुरुप नगरपालिकाले शिक्षासँग सम्बन्धित सरोकावालासँग छलफल शुरु गरेको छ ।

by RSS | Apr 03
img
एक हजार ११८ किलोमिटर सडक ग्राभेल

चालू आवको हालसम्मको अवधिमा देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल भएको छ । गत फागुनसम्ममा देशभरका विभिन्न सडक स्तरोन्नतिका क्रममा सडक ग्राभेल भएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले जनाएको छ । विभिन्न राजमार्गमा ग्राभेलको काम तीव्रगतिमा भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका सडकमा प्रगति भएको छ ।

by RSS | Apr 02
img
देशभर ८० प्रतिशत पुल निर्माण सम्पन्न

सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा १२० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा गत फागुनसम्ममा ९४ पुल निर्माण सम्पन्न भएका छन् । निर्माणाधीन सडक, पुल तोकिएको अवधिमा नै सम्पन्न हुने भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो ।

by RSS | Apr 02
img
क्यानडाका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानालाई क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

by RSS | Apr 01
img
अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् ।

by Anu Rana | Apr 01
img
घुस लिएको आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

by RSS | Apr 01
img
‘हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने’

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताउनुभएको छ । उहाँले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिनुभयो । स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आइपुग्नुभएका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताउनुभयो ।

by RSS | Apr 01
img
घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ । 

by RSS | Apr 01
img
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ ।

by RSS | Apr 01
img
छुट तथा पुनः जाँच निरीक्षणका लागि गाउँगाउँमा प्राविधिक

भूकम्पका कारण क्षति पुगेर लाभग्राहीको सूचीमा नपरेकाको लागि लक्षित गर्दै छुट तथा पुनःजाँच निरीक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यक्रमअन्तर्गत आइतबारबाट जिल्लाका सबै तहमा १३ जना प्राविधिक कर्मचारी खटिएका हुन् ।

by RSS | Apr 01
img
प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।

by RSS | Apr 01