सरकार

img
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।

by RSS | May 15
img
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गर्नुभएको छ । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।

by RSS | May 15
img
दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा

शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

by RSS | May 15
img
कार्यवाहक प्रधानमन्त्री पोखरेलद्वारा सडक शिलान्यास

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटमा तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमी हरिगुरु मार्ग सडक शिलान्यास गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले गतवर्ष मस्तिष्काघातबाट निधन हुनुभएका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको आज भएको वार्षिक पुण्यतिथिका अवसरमा उहाँकै नाममा सडक नामाकरण गरी शिलन्यास गर्नुभएको हो ।

by RSS | May 15
img
भ्रष्टाचार गरेको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ ।

by RSS | May 15
img
प्रम ओलीबाट सिल्भर पेगोडा भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ ।

by RSS | May 15
img
‘विकास मोडल परिवर्तनको खाँचो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीतिनियम र विकास ढाँचा परिमार्जनको खाँचो रहेको बताउनुभएको छ । ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ ढाँचा अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा औँल्याउनुभयो ।

by RSS | May 15
img
प्रत्येक प्रदेशमा नमूना सरकारी वकिलको कार्यालय

महान्यायधिवक्ताको कार्यालयले प्रत्येक प्रदेशमा एउटा जिल्लाका दरले सात नमूना सरकारी वकिल कार्यालय स्थापना गरेको छ । आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिल कार्यालयका काम कारवाही सेवा प्रवाहलाई प्रभावकारी बनाउन सातै प्रदेशमा सात नमूना वकिल कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

by RSS | May 15
img
‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

by RSS | May 15
img
नगरपालिकाको गाडीमा आगजनी

अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

by RSS | May 15
img
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण शुरु गरेको हो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले दोस्रो प्याकेजअन्तर्गतको कामका लागि पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो ।

by RSS | May 15
img
उच्च अदालतमा मुद्दा फछर्याेटमा वृद्धि

तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फछ्र्यौट गरेको छ । उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १८४ गरी जम्मा ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फछ्र्र्योट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।

by RSS | May 14
img
कृषकसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषकका वास्तविक कुरा समावेश गर्न कृषकसँग छलफल गर्ने भएको छ । भूगोल सुहाउँदो खेती विस्तार गरी कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसहितको टोली जिल्ला दौडाहामा छ ।

by RSS | May 14
img
प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुग्नुभएका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो ।

by RSS | May 14
img
तिङ्ला सवस्टेशन निर्माण सम्पन्न, हर्जनाबाट जोगिने भयो प्राधिकरण

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन् । लामो समयसम्म समस्यामा फसेका रुग्ण आयोजना सम्पन्न भएका छन् भने प्रसारण लाइनको काम समेत निरन्तर अगाडि बढेका छन् । रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री ए ले परीक्षण उत्पादन गरिरहेको छ ।

by RSS | May 14
img
प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ ।

by RSS | May 14
img
ज्ञापनपत्र पेश

नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउनका लागि पहल गर्न आग्रह गर्दै आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष ज्ञापनपत्र बुझाएको छ । सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामा असहज अवस्था ल्याउन सक्ने सम्भावना औँल्याउँदै महासङ्घले उक्त विधेयकलाई प्रेसमैत्री बनाउन सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

by RSS | May 14
img
सशर्त अनुदान पठाउँदा विषयगत क्षेत्र तोकेर पठाउन सुझाव

प्रदेश सरकार प्रदेश नं ५ को प्रदेश समन्वय परिषद्को बैठकले सशर्त अनुदान पठाउँदा विषयगत क्षेत्र तोकेर पठाउन सङ्घीय सरकारलाई सुझाव पठाउने निर्णय गरेको छ ।

by RSS | May 14
img
नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गर्नुभयो ।

by RSS | May 14
img
दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पु¥याइने बताउनुभयो । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पु¥याउन प्रदेश सरकार लागि परेको उहाँको भनाइ थियो ।

by RSS | May 14