सरकार

img
समृद्धिका लागि विकासको प्रतिस्पर्धा आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताउनुभयो । अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।

by RSS | May 14
img
प्रम ओली र कम्बोडियाली प्रमबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच आज राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

by RSS | May 14
img
खुल्ला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशक छनोट गरिने

सरकारले खुल्ला प्रतिस्पर्धाबाट सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको पदपूर्ति गर्ने भएको छ । कार्यकारी निर्देशकको नियुक्तिका लागि कोषले आज एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवा सर्तसम्बन्धी विनियमावली, २०७६ बमोजिमको शैक्षिक योग्यता र अनुभव भएका व्यक्तिले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ ।

by RSS | May 14
img
न्यायिक समिति बने, इजलास बनेनन्

स्थानीय तहको निर्वाचन सकिएको दुई वर्ष बित्न लागेको छ । निर्वाचनपछि उप–प्रमुखको संयोजत्वमा बनेका न्यायिक समितिले इजलास बनाउन सकेका छैनन् । नगर तथा गाउँपालिकाको न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिने भए पनि बहसका लागि इजलास बन्न नसक्दा नागरिक मारमा परेका छन् ।

by RSS | May 14
img
बजेट समानुपातिक बनाउन माग

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र देशका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद दिलकुमारी रावल थापा (पार्वती)ले विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय सडक तथा रणनीतिक महत्वका सडक आयोजना सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेकोमा प्रक्रियागत अस्पष्टताका कारण आयोजना कार्यान्वनमा समस्या देखिएको बताउनुभयो ।

by RSS | May 14
img
परिमार्जित समाचारः ‘लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने परिपथ बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ भएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर परिपथ बनाएमा मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

by RSS | May 14
img
‘बजेट भूगोल र जनसङ्ख्याका आधारमा’

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अधिकांश सांसदले बजेट सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडा वर्ग, महिला, अपाङ्ग, मधेशी, दलित र दुर्गम क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर बनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँहरुले बजेट पहुँच र भनसुनका आधारमा नभई भूगोल र जनसङ्ख्यालाई आधार बनाइ विनियोजन गर्नुपर्ने बताउनुभयो ।

by RSS | May 14
img
प्रदेशसभा बैठक पुनः सञ्चालन

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले पेश गर्नुभएको सो विधेयक पूर्वसहमतिअनुसार सर्वसम्मतिले स्वीकृत भएको हो ।

by RSS | May 14
img
विधेयक सच्याउन माग

राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधान, मानवअधिकार आयोगको गठनसम्बन्धीका अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यताहरु (पेरिस प्रिन्सिपल) को पक्षमा देखिएको भन्दै सच्याउनुपर्ने माग गरिएको छ ।

by RSS | May 14
img
कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ :

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।

by RSS | May 14
img
प्रम ओलीद्वारा स्वतन्त्रता स्मारकमा फूल अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी नोम पेन्हस्थित स्वतन्त्रता सेनानीको स्मारकमा फूल अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली कम्बोडिया अधिराज्यका प्रधानमन्त्री समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज यहाँ आइपुग्नुभएको हो ।

by RSS | May 14
img
इतिहासकै तीव्र आर्थिक वृद्धिको बजेट आउनुपर्ने : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैँ आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रुपमा हासिल गर्ने बजेट आउनुपर्ने बताउनुभएको छ ।

by RSS | May 14
img
राजधानीको माग गर्दै संसद् अवरुद्ध

प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । आज वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गिनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो ।

by RSS | May 14
img
समानता कायम गर्ने बजेट ल्याउनुस्ः गिरी

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताउनुभएको छ ।

by RSS | May 14
img
प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट

केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो ।

by RSS | May 14
img
नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ– अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिनुभयो ।

by RSS | May 14
img
औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुप¥यो– उपप्रम यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्नुभयो ।

by RSS | May 14
img
भ्रष्टाचार नगर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

by RSS | May 14
img
हावाहुरी पीडितका लागि प्रदेश नं १ सरकारद्वारा रु एक करोडको

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

by RSS | May 14
img
वित्तीय सङ्घीयता कार्यान्वयनको दिशामा बजेट : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षको छोटो अवधिमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम भएको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिनुहुँदै उहाँले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने प्रस्ट पार्नुभयो ।

by RSS | May 14