सरकार

img
चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राख्नुभएको थियो । 

by RSS | Jan 09
img
सिजीको पक्षमा भएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

मन्त्रिपरिषदको १५ जेठ २०७४ मा सीजी टेलिकमलाई मोवाइल सेवा सञ्चालन अनुमति दिने निर्णय गरेको थियो तर, दूरसञ्चार प्राधिकरणले स्वीकार गरेको थिएन । त्यसविरुद्ध सर्वोच्च गएको सीजीको पक्षमा अन्तरिम आदेश आएको थियो ।

by Anu Rana | Jan 09
img
किम जोङ उन बेईजिङमा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी जिङपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

by Anu Rana | Jan 09
img
सबै स्थानीय तहमा बैंकिङ सेवा

पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो ।

by RSS | Jan 09
img
जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ ।

by RSS | Jan 09
img
वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ ।श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । 

by RSS | Jan 08
img
न्यायिक समितिको अभ्यास शुरु

भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले इजलासको न्यायिक अभ्यास सोमबारबाट शुरु गरेको छ । महानगरले पहिलो अभ्यासस्वरूप न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको छ । सेन्टरले बिना जानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको थियो ।

by RSS | Jan 08
img
वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा

जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ । खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ ।

by RSS | Jan 08
img
कोटेश्वरको जाम हटाउन वैकल्पिक सडक निर्माण गरिने

काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारीसाधनका लागि वैकल्पिक सडक निर्माण गरिने भएको छ । कोटेश्वर चोकमा ट्राफिक जाम घटाउन यो विकल्प तयार गरिएको हो । कोटेश्वरमा सवारीसाधनको अधिक चापका कारण जाम हुने भएकाले त्यहाँ प्रवेश गर्ने सवारीको संख्या कटौती गरेर जाम घटाउने योजना छ ।  

by Anu Rana | Jan 08
img
व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन्। 

by Anu Rana | Jan 08
img
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन ।

by RSS | Jan 07
img
ब्रेक्जिट सम्झौता नभए आयरल्यान्डले इयूसँग सहयोग माग्ने

कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।

by Anu Rana | Jan 07
img
भारतबाट ८६ प्रकारको औषधिको आयात रोकिँदै

सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ ।

by Anu Rana | Jan 07
img
इटालीमा उत्तर कोरियाका राजदूत गायब

इटालीमा उत्तर कोरियाका एक राजदूत गायब भएका छन् । यो जानकारी दक्षिण कोरियाको गुप्चर एजेन्सीका अधिकारीले दिएका हुन् । यसका साथै केही अपुष्ट रिपोर्टमार्फत बताइएको छ कि उत्तर कोरियाली राजदूत जो सोंग–गिललाई कुनै पश्चिमी देशले शरण दिएको छ ।

by Anu Rana | Jan 06
img
मुल्य वृद्धि नगर्न आदेश

उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । अर्को आदेश जारी नभएसम्म पहिलेकै शुल्क लिन अदातलले प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले आज सो आदेश जारी गरेको हो ।

by RSS | Jan 04
img
एकल पुरुषलाई पनि मासिक भत्ता

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो । “एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो

by RSS | Jan 04
img
घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।

by RSS | Jan 04
img
सन् २०१८ मा युएईमा १०७ नेपालीको मृत्यु  

सन् २०१८ मा युएईमा १०७ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास अबुधावीले सोमबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर २०१८ मा ज्यान गुमाउनेमा ९८ पुरुष र नौजना महिला छन् । उनीहरूमध्ये १०३ जनाको शव नेपाल पठाइसकिएको छ । ४७ को प्राकृतिक मृत्यु, ३३ आत्महत्या र २३ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।

by Anu Rana | Jan 04
img
जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजकिय भवनअगाडी भेला भएका राजदवार कार्यलयले जानकारी दिएको छ । 

by Anu Rana | Jan 04
img
वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता

प्रदेशस्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबीच प्रदेशको ऊर्जाको विकास र विस्तारमा सहकार्य हुने भएको प्रदेश नं ३ का भौतिक

by RSS | Jan 03