राजनीति

img
१५६ स्थानको मतपरिणाम सार्वजानिक बाम गठवन्धन दुइ तिहाइको नजिक

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ । नतिजा हेर्दा प्रत्यक्ष तर्फको निर्वाचन बाम गठवन्धन दुइ तिहाइको नजिक पुर्याएका छन् । 

by R. sharma | Today, 10:38 PM
img
समानुपातिकमा पानि एमालेको अग्रता

समानुपातिकतर्फको १६ लाख मत गन्दा पहिलो नम्बरमा नेकपा एमालेले ५ लाख ९७ हजार ६ सय २७ मत ल्याएको छ। दोश्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ५६ हजार ४ सय ८२ मत ल्याएको छ। विवेकशील साझा चौथो स्थानमा आएको छ।

by R. sharma | Today, 10:24 PM
img
धनुषा १ बाट बाम गठवन्धका यादव विजयी

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा  वाम गठवन्धनबाट माअाेवादीका मातृकाप्रसाद यादव विजयी भएका छन्।  उनले २६४१८ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।

by R. sharma | Today, 10:22 PM
img
निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत–एमाले का अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।

by RSS | Today, 05:22 PM
img
विजयी उम्मेदवारको मतपरिणाम

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्याली निकालेका छन् । 

by RSS | Today, 04:23 PM
img
यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित हुनुभएको छ ।

by RSS | Today, 03:13 PM
img
 १४८ क्षेत्रको मतपरिणामा सार्वजनिक बाम गठवन्धन १०८ क्षेत्रमा विजयी

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये १४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार विहान ११ बजेसम्म१४७ स्थानको अन्तिम मत परिणाम अनुशार बाम गठवन्धन १०८ स्थानमा बिजयी भएको छ ।

by R. sharma | Today, 11:53 AM
img
सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी विजयी

सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गर्नुभयो ।   

by R. sharma | Dec 10
img
मेरो हारलाई बाम गठवन्धनको जितले विर्साएको छ- बामदेव

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । 

by R. sharma | Dec 10
img
१२६ स्थानको मतपरिणाम सार्वजनिक बाम गठवन्धन ९० सिटमा विजयी

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये १२६ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। आइतबार साँझ साढे ९ बजेसम्म १२६ स्थानको अन्तिम मत परिणाम अनुशार बाम गठवन्धन १०७ स्थानमा बिजयी भएको छ ।

by R. sharma | Dec 10
img
दुवै निर्वाचनमा औसत ६८।६३ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८।६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

by RSS | Dec 10
img
अब देश समृद्धितर्फ जान्छ : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिँदै उहाँले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

by RSS | Dec 10
img
बहुमत आयो भनेर हामी आत्तिदैनौंँ : खनाल

इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताउनुभएको छ । 

by RSS | Dec 10
img
कैलाली– ५मा एमालेका राना विजयी

कैलाली निर्वाचन क्षेत्र ५ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का नारदमुनि राना विजयी हुनुभएको छ । रानाले २७ हजार २०२ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस नेत्री डा आरजु देउवाले २२ हजार ३२२ मत प्राप्त गर्नुभएको छ ।

by RSS | Dec 10
img
मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक

मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

by RSS | Dec 10
img
सुनसरी– १ (क)मा एमालेका भण्डारी विजयी

सुनसरी क्षेत्र नं १(क)मा नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप भण्डारी विजयी हुनुभएको छ ।  आइतबार बिहान ६ बजे सार्वजनिक भएको मतपरिणामअनुसार भण्डारी १९ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

by RSS | Dec 10
img
८७ स्थानको मतपरिणाम सार्वजनिक बाम गठवन्धनको ७०

१६५ प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा हाल सम्म ८७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजानिक नतिजा अनुसार बाम गठवन्धनको ७० सिट हात पारेको छ ।

by R. sharma | Dec 10
img
 सिन्धुलीमा पहाडी र गजुरेल विजयी

 सिन्धुलीमा प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का गजुरेल विजयी हुनुभएको हो । 

by R. sharma | Dec 10
img
गोकण विष्ट भारि मतअन्तरले विजयी

गुल्मी- २ मा वाम गठबन्धनतर्फबाट एमालेका गोकर्णराज विष्ट १४ हजार मतान्तरले विजयी भएका छन्। उनले ३४६१८ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाएका छन्। यस्तै गुल्मीको अर्को क्षेत्रमा पनि एमालेका प्रदिप ज्ञवली अगाडी छन् ।

by R. sharma | Dec 09
img
मतअन्तर फराकिलो बनाउदै माओबादी अध्यक्ष प्रचण्ड

चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मतअन्तर बढाउदै लग्नु भएको छ ।

by R. sharma | Dec 09