राजनीति

img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”

by RSS | Mar 25
img
थाइल्यान्डमा आम निर्वाचन प्रारम्भ  

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेपछि पहिलोपटक आइतबार आमनिर्वाचन भएको हो । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर रहन पुगेको थियो ।

by Anu Rana | Mar 25
img
काङ्ग्रेस संसदीय दल बैठक बस्दै

समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । 

by RSS | Mar 25
img
प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्नु समय दिनुभएको थियो ।

by RSS | Mar 24
img
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो । 

by RSS | Mar 24
img
काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । 

by RSS | Mar 24
img
प्रमले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ । यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गर्नुभएको थियो ।

by RSS | Mar 24
img
मन्त्रीद्वारा अस्पतालमा छड्के

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिनुभएको थियो ।

by RSS | Mar 24
img
सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।

by RSS | Mar 21
img
सावन्त बने गोवाका नयाँ मुख्यमन्त्री  

भारतको गोवामा सभामुख प्रमोद सावन्त मध्यरातमा मुख्यमन्त्री बनेका छन् । मनोहर पर्रिकरको निधन भएपछि सावन्तलाई राति पौने दुई बजे राजभवनमा सावन्तलाई मुख्यमन्त्रीको शपथ गराइएको हो ।

by Anu Rana | Mar 19
img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 

by Anu Rana | Mar 18
img
वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह

विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको

by RSS | Mar 18
img
श्रेष्ठको निधनप्रति महासङघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । “ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै निधन भएको थियो ।

by RSS | Mar 18
img
सञ्जय दत्त चुनाव लड्दै

भारतीय अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने भएका छन् । ५९ वर्षीय सञ्जय आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ ।

by Anu Rana | Mar 17
img
काङग्रेस नेता डङ्गोललाई मातृशोक

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ । नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो । स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ ।

by RSS | Mar 15
img
नक्कल,षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।” 

by RSS | Mar 14
img
उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिकाबीच फेरि भेटवार्ता

दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह” को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्नुभएको छ । कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ–योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङ्टन डिसीमा बिहीबार भेटवार्ता गर्नुहुनेछ । उक्त भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारीहरु पनि सहभागी हुँदैछन् ।

by RSS | Mar 13
img
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता,

by RSS | Mar 12
img
श्रद्धाञ्जलि सभा

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद कृष्ण राई, छिरिङदोर्जे लामा, समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका सदस्य टुल्कुनिमा टेण्डी शेर्पा, समाजसेवी नेपालजीत लामालगायतले उहाँहरुको योगदानको सम्झना गर्नुभएको थियो । 

by RSS | Mar 12
img
सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

by RSS | Mar 11