राजनीति

img
प्रशासकीय कार्यविधि विधेयक पारित

प्रदेश नं १ को प्रदेशसभामा आज बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय

by RSS | Sep 10
img
पौडेल रिहा

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ ।जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो । रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र

by RSS | Sep 10
img
एकता हुन नदिने प्रवृति नै अन्तरघात : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

by RSS | Sep 10
img
हत्याको विरोधमा बन्द

नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् ।

by RSS | Sep 10
img
नेपालको आधिकारिक नक्शा प्रयोग गर्न आग्रह

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता अभिवृद्धि हुने बताउनुभयो ।

by RSS | Sep 09
img
पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ । आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ’ उहाँले भन्नुभयो,“पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा

by RSS | Sep 09
img
सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि

by RSS | Sep 07
img
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो । उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो

by RSS | Sep 07
img
नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाँै शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत्

by RSS | Sep 07
img
समृद्ध नेपाल, सुखी नेपालका लागि ध्यान दिन सांसदको आग्रह

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले कपिलवस्तु जिल्लाको कपिलवस्तुदेखि तौलिहवासम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न, तौलिहवा अस्पताललाई ५० श्यया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभयो । सिंहदरबारभित्रको पुरानो गाडी हटाउन, त्यहाँ रहेको सबै कवाडी हटाई सुन्दरता बढाउन, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकार र सदनको उहाँहरुले ध्यानाकर्षण गराउनुभयो ।

by RSS | Sep 06