राजनीति

img
थाई राजाले खोसे थाक्सिनलाई दिएको शाही पदवी  

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् । भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

by Anu Rana | Apr 02
img
प्रम ओली कलैया अस्पताल निरीक्षणमा

प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

by RSS | Apr 01
img
स्ववियु निर्वाचनको माग राखी आन्दोलन

नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन माग राखी लगातार आन्दोलन गर्दै आएको छ । सङ्घले आज मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)मा कालोझण्डा गाडेर तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएको हो । विश्वविद्यालयले यही चैत २५ गते निर्वाचनको मिति तोकेको थियो । नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले विश्वविद्यालय अन्तर्गतका

by RSS | Apr 01
img
अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

by RSS | Apr 01
img
पत्रकार अधिकारी पक्राउ

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

by RSS | Apr 01
img
स्लोभाकियाले पायो पहिलो महिला राष्ट्रपति

स्लोभाकियाले पायो पहिलो महिला राष्ट्रपतिमध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले पहिलो महिला राष्ट्रपति पाएको छ । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बन्न सफला भएकी छिन । 

by Anu Rana | Apr 01
img
नेविसङ्घद्वारा कारवाहीको माग

नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ । नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो । नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स,

by RSS | Mar 31
img
नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताउनुभयो । 

by RSS | Mar 31
img
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो ।

by RSS | Mar 31
img
देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : मन्त्री

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताउनुभएको छ । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उहाँले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताउनुभयो । सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै उहाँले त्यसैले देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्भाव विकास र सहकार्य आवश्यक रहेको भनाइ राख्नुभयो ।

by RSS | Mar 28
img
विप्लव समूहका १७ जना धरौटीमा रिहा

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

by RSS | Mar 28
img
तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ ः वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो ।

by RSS | Mar 28
img
विप्लव समूहका चार कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

by RSS | Mar 27
img
गरिबलाई वार्षिक ७२ हजार दिने राहुल गान्धीको घोषणा  

चुनावी मौसममा कांग्रेस अध्यक्ष राहुल गान्धीले देशबाट गरीबी उन्मूलन गर्नको लागि संकल्प लिँदै सोमवार ठूलो घोषणा गरेका छन् । उनले घोषणा गरे कि कांग्रेसको सरकार बन्यो भने देशको २० प्रतिशत सबैभन्दा गरिब परिवारहरुलाई हरेक वर्ष ७२ हजार रुपैयाँ दिइने प्रतिबद्धता उनले जाहेर गरेका हुन् ।

by Anu Rana | Mar 26
img
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ ।

by RSS | Mar 26
img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”

by RSS | Mar 25
img
थाइल्यान्डमा आम निर्वाचन प्रारम्भ  

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेपछि पहिलोपटक आइतबार आमनिर्वाचन भएको हो । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर रहन पुगेको थियो ।

by Anu Rana | Mar 25
img
काङ्ग्रेस संसदीय दल बैठक बस्दै

समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । 

by RSS | Mar 25
img
प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्नु समय दिनुभएको थियो ।

by RSS | Mar 24
img
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उहाँले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताउनुभयो । 

by RSS | Mar 24