राजनीति

img
नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको हो ।

by RSS | Nov 21
img
कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

by RSS | Nov 20
img
माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

by RSS | Nov 19
img
नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो ।

by RSS | Nov 19
img
अर्थ समितिको बैठक स्थगन

प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो । पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो ।

by RSS | Nov 19
img
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । 

by RSS | Nov 18
img
नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ ।

by RSS | Nov 18
img
राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो । 

by RSS | Nov 16
img
समृद्धिका लागि सघाउन मित्रराष्ट्रलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।

by RSS | Nov 14
img
नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

बैतडीमा तत्कालीन नेकपा९एमाले० र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय

by RSS | Nov 14
img
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्नुहुन्छ ।

by RSS | Nov 14
img
प्रशिक्षण प्रतिष्ठान स्थापनामा सघाउन नेपालको आग्रह

नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा कतार सरकारलाई सघाउन आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास,

by RSS | Nov 14
img
‘मङ्सिर अन्तिमसम्ममा पार्टी एकता’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो ।

by RSS | Nov 12
img
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त हुनुभएको छ । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिनुभयो । 

by RSS | Nov 12
img
काङ्ग्रेस नेता उप्रेतीको निधन

नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ ।

by RSS | Nov 12
img
‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।”

by RSS | Nov 12
img
काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले आयोजना गरेको प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा उहाँले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिनुभयो । 

by RSS | Nov 11
img
‘सङ्घीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ ।उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको

by RSS | Nov 11
img
फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको हो । 

by RSS | Nov 11
img
समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्य : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताउनुभएको छ । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताउनुभएको हो । 

by RSS | Nov 11