राजनीति

img
कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग नगरेको : मन्त्रालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताउनुभएको छ । 

by RSS | Nov 06
img
अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताउनुभयो ।

by RSS | Nov 06
img
काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

by RSS | Nov 06
img
आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो : महामन्त्री कोइराला

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उहाँले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गर्नुभयो । उहाँले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताउनुभयो ।

by RSS | Nov 05
img
मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ ।

by RSS | Nov 05
img
शुभकामना आदानप्रदान

काठमाडौँ महानगरपालिका–१३ ले बडादशैँ, तिहार, नेपाल संवत्, छठ पर्वका अवसरमा आज यहाँ शुभकामना तथा चियापान आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेतृ अष्टलक्ष्मी शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

by RSS | Nov 05
img
सरकार तीव्र गतिमा : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भन्नुभयो ।

by RSS | Nov 05
img
वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ : वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहन्छौँ भन्नुभयो । 

by RSS | Nov 05
img
तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ ।

by RSS | Nov 05
img
इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गर्नुभएको छ । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गर्नुभएको हो ।

by RSS | Nov 05
img
समृद्धिका लागि प्रदेशको सहयोग लिइनुपर्ने

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिनुभएको छ । सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले सम्बन्धित कानूनको अभावमा सङ्घ

by RSS | Nov 04
img
वाम बुद्धिजीवी तुलाधर रहनुभएन

वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले राससलाई जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले

by RSS | Nov 04
img
विधान र उमेरहदबारे विवाद हुँदा नेविसङ्घको महाधिवेशन अन्योलमा

नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । 

by RSS | Nov 04
img
नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमिरे

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताउनुभएको हो ।

by RSS | Nov 02
img
प्रधानमन्त्रीलाई पूर्ण लाभ

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो । 

by RSS | Nov 02
img
काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

by RSS | Nov 02
img
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताउनुभयो ।

by RSS | Nov 01
img
प्रेस युनियन सिरहामा जर्घामगर

नेपाल प्रेस युनियन सिरहाको छैँटौ जिल्ला अधिवेशनले भरत जर्घामगरको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शम्भु यादव, समावेशी उपाध्यक्षमा ज्ञानु राउत, सचिवमा निर्मला दहाल, सहसचिवमा जया सिंह र कोषाध्यक्षमा एलिना हिमाङ चयन हुनुभएको छ । सदस्यहरुमा बद्रीनारायण यादव, एम महतो, रमिता दाहाल, अनुपम झा, आशाराम चौधरी, अनुभक्त चौधरी, कमल यादव हुनुभएको छ । 

by RSS | Nov 01
img
राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

by RSS | Nov 01
img
प्रजातान्त्रिक योद्धा यादवको निधन

महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ ।

by RSS | Nov 01