राजनीति

img
व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन: महानिर्देशक घिमिरे

सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो ।

by RSS | Feb 12
img
बीपी उद्यानको नाम परिवर्तन गर्न खोज्नु दुःखद : काङ्ग्रेस

नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्कालै यथास्थिति मै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ । 

by RSS | Feb 10
img
थाइल्यान्डकी राजकुमारी प्रधानमन्त्री पदका लागि चुनाव लड्दै

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ६७ वर्षेीया राजकन्याको यो निर्णयलाई थाइल्यान्डको राजतन्त्रात्मक इतिहासमा अप्रत्याशित घटनाका रुपमा लिइएको छ।

by Anu Rana | Feb 10
img
प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

कार दुर्घटनामा पर्नुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उहाँको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताउनुभयो । “हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ,

by RSS | Feb 08
img
सुदूरपश्चिम प्रदेशसभा बैठक : मृतकका परिवारलाई राहत दिन माग

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले डडेलधुरामा हालै भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकको शून्य समयमा बोल्ने सदस्यहरूले आर्थिक समस्याकै कारण उक्त बस दुर्घटनामा घाइते भएकाहरुको उपचार सहज हुन नसकिरहेको भन्दै प्रदेश सरकारले उपचारका लागि गरेको प्रतिबद्धता कार्यान्वयन गर्न माग गर्नुभयो । 

by RSS | Feb 07
img
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो । 

by RSS | Feb 07
img
स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गर्नुभएको हो । स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए आफ्नो सङ्गठन आन्दोलनमा जाने बताउनुभयो

by RSS | Feb 05
img
सातै स्थानीय तहमा नेकपाको भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ । पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो । पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले

by RSS | Feb 05
img
डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताउनुभयो । 

by RSS | Feb 01
img
अन्ना हजारे पनि आमरण अनशनमा

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन सुरु गरेका छन् । केन्द्रमा लोकपालको नियुक्ति र प्रदेशमा लोकायुक्तहरू नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् ।

by Anu Rana | Feb 01
img
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गर्नुभयो । 

by RSS | Jan 31
img
नेपाल लाओस प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस जानुभएको छ । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई,

by RSS | Jan 31
img
कानून र संरचना व्यवस्था नहुँदा समस्या : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने नीति नियम बनाउन सरकार सकारात्मक रहेको

by RSS | Jan 30
img
समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा

समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गर्नुभयो । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ ।

by RSS | Jan 30
img
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको निधन भएको छ । राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा जर्जको निधन भएको हो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको जानकारी दिनुभ्एको हो । उहा बिहान ६ बजेदेखि उनको स्वास्थ्य बिग्रिँदै गएकाले अस्पताल लगिएको थियो । 

by Anu Rana | Jan 29
img
राजनीतिक र कर्मचारीतन्त्रमा सबैभन्दा बढी भ्रष्टाचार

सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल

by RSS | Jan 29
img
आर्थिक क्षेत्र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताउनुभएको छ । पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले भन्नुभयो, “कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन हो, आर्थिक क्षेत्रलाई मुख्य इञ्जिनका रूपमा अघि सारेका छौँ ।”

by RSS | Jan 28
img
चीनका लागि क्यानडेली राजदूत जोन म्याकालम बर्खास्त  

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानडेली राजदूत जोन म्याकालमलाई बर्खास्त गर्नुभएको हो । प्रधानमन्त्री ट्रुडोले विज्ञप्ति मार्फत आफूले म्याकालमलाई राजीनामा दिन आग्रह गरेको तर उनले नमानेपछि बर्खास्त गरेको उल्लेख गरेका छन ।

by Anu Rana | Jan 28
img
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु

कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ । बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकरुपता ल्याउने र सबै तहको अधिकारमा स्पष्टता गराउने ध्येयले बैठकको आयोजना गरिएको बताउनुभयो । 

by RSS | Jan 28
img
डा. केसीको समर्थनमा नेपालका इन्जिनियरहरू पनि सडकमा

चिकित्सा शिक्षा सुधारको माग राख्दै  १६ औं चरणको अनसन शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा  काठमाडौं जस्ता बिभिन्न ठाउहरुमा  प्रदर्शन भएको छ । जहाँ देश देखी बिदेश लगायत बिभिन्न राजनीतिक दल र नेपालका इन्जिनियरहरूको पनि समर्थन रहेको छ ।

by Anu Rana | Jan 28