राजनीति

img
राष्ट्रियसभाको बैठक सञ्चालनका लागि प्रयास जारी

राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको सङ्घीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो । 

by RSS | Jan 27
img
सरकारको कामको प्रचार हुन सकेन : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । 

by RSS | Jan 27
img
गणतन्त्र दिवसमा भारतीय समकक्षीलाई शुभकामना  

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । 

by Anu Rana | Jan 27
img
भेनेजुएलामा राजनीतिक संकट

भेनेजुएलाको राष्ट्रपति निकोलास मदुरोलाई सेनाले आफ्नो पूर्ण समर्थन गरेको जनाएको छ । तर, अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले भने आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् । भेनेजुएलामा सेना शक्तिशाली मानिन्छ ।

by Anu Rana | Jan 27
img
लगानी सम्मेलन सफल बनाउन प्रमद्वारा आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी

by RSS | Jan 25
img
कांग्रेसले अवरोध गरेपछि संसद बैठक ११ गतेसम्मका लागि स्थगित  

प्रतिनिधिसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी मंगलवारको बैठक स्थगित भएको हो ।

by Anu Rana | Jan 24
img
काङ्ग्रेस बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले

by RSS | Jan 24
img
‘लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ’ः काङ्ग्रेसका नेताहरु

राजनीतिक संस्कार र आचरण सुधार नहँुदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् । प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको “लोकतान्त्रिक संस्कार र विचार” विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । 

by RSS | Jan 22
img
प्रतिनिधिसभा १५ मिनेटलाई स्थगित

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन

by RSS | Jan 22
img
जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर

“गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ ?” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गर्नुभयो । “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू भेटिनुहुन्न, वडाध्यक्ष भेट हुने समय कति बजे हो ?”

by RSS | Jan 22
img
प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुग्नुभयो । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो । 

by RSS | Jan 21
img
कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।

by RSS | Jan 20
img
यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ : मन्त्री पुन

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छाँै मन्त्री पुनले भन्नुभयो ।

by RSS | Jan 18
img
संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हँुदैन भन्नुभयो । पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ

by RSS | Jan 18
img
लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ ः नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो । उहाँले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर

by RSS | Jan 18
img
काङ्ग्रेस नेता रेग्मीको निधन

नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा आज बिहानै उहाँको अन्त्येष्टि गरिएको छ ।

by RSS | Jan 18
img
सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” 

by RSS | Jan 16