राजनीति

img
म्याग्दीमा नेकपाको संयन्त्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको बिहीबार बसेको बैठकले जिल्लाको छ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रीय सदस्य

by RSS | Oct 12
img
प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गर्नुभयो ।

by RSS | Oct 11
img
राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था छ । विसं २०१६ मा आयोगको पहिलो प्रतिवेदन प्रस्तुत भएको थियो । 

by RSS | Oct 11
img
अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न

by RSS | Oct 11
img
समृद्धिको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

by RSS | Oct 11
img
नेकपाको बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ ।

by RSS | Oct 10
img
विधेयक पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताउनुभएको छ । सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताउनुभयो । 

by RSS | Oct 10
img
प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बैठक बसेको सभामुख थापाले बैठकमा जानकारी दिनुभयो । प्रदेशका नामाङ्कन र स्थायी राजधानी रहने स्थानको टुङ्गो

by RSS | Oct 10
img
प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो । समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको

by RSS | Oct 09
img
प्रमुख सचेतकमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

by RSS | Oct 09
img
नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

by RSS | Oct 08
img
नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ ।

by RSS | Oct 08
img
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

by RSS | Oct 07
img
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर

by RSS | Oct 07
img
प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क्रममा आज कतारको दोहा आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । 

by RSS | Oct 04
img
नेविसङ्घको १२औँ महाधिवेशन अनिश्चित

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । 

by RSS | Oct 04
img
प्रधानमन्त्री ओली न्यूयोर्कमा

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा जानुभएको थियो । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो ।

by RSS | Oct 03
img
सङ्घीयता कार्यान्वयनमा काङ्ग्रेसको साथ रहने

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधैँ साथ रहन्छ ” ।

by RSS | Oct 02
img
मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि

सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८ विधेयक पारित गरेको थियो । अधिवेशन समापनका अवसरमा सभामुख कृष्णबहादुर महराले

by RSS | Oct 02
img
निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बताउनुभयो । शिक्षा विधेयक पारित भएर प्रमाणीकरणसमेत भएको कुरालाई उपलब्धिका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

by RSS | Oct 02