राजनीति

img
बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो ।

by RSS | Feb 26
img
आर्थिक कार्यविधि विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आज बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गर्नुभएको छ । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी अर्थमन्त्री डा खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले

by RSS | Feb 26
img
शून्य समय

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो ।

by RSS | Feb 26
img
राप्रपाः हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर

by RSS | Feb 26
img
नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका

by RSS | Feb 26
img
मातृभूमिको विकासमा योगदान गर्न आह्वान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गर्नुभएको हो । 

by RSS | Feb 25
img
महाधिवेशन समयमै हुनुपर्छ – डा कोइराला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन भन्दै

by RSS | Feb 25
img
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो ।

by RSS | Feb 22
img
स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो ।

by RSS | Feb 22
img
गोर्खा सैनिकको समस्याबारे अध्यक्षको चासो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

by RSS | Feb 22
img
प्रदेशसभा सदस्य ओलीको निधन

प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा

by RSS | Feb 22
img
नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या,

by RSS | Feb 21
img
उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

by RSS | Feb 21
img
प्रजातन्त्र जीवनमरणको सवाल : देउवा

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले

by RSS | Feb 20
img
नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि

by RSS | Feb 20
img
नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गर्नुभएको हो । “विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”–उहाँले भन्नुभयो ।

by RSS | Feb 18
img
सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो ।

by RSS | Feb 18
img
प्रतिनिधिसभामा पाठक र पशुपति

प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुुुुुुुुुुुुुुुभयो ।

by RSS | Feb 18
img
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत

by RSS | Feb 17
img
प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ ।

by RSS | Feb 14