काँग्रेस

img
बानियाँको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँको बुबा खेमबहादुर बानियाँको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बानियाँका पिता ७९ वर्षीय खेमबहादुर बानियाँको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको हो । 

by RSS | Dec 25
img
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो ।

by RSS | Dec 15
img
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ । 

by RSS | Dec 15
img
काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको छ । 

by RSS | Dec 15
img
विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ । 

by RSS | Dec 14
img
चुनाव हारेपछि पनि फेरि गाउँमा

थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् ।

by RSS | Dec 14
img
काठमाडौँमा समानुपातिकतर्फ काँग्रेस अगाडि

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् । अहिलेसम्म काठमाडौँ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिनुभयो । 

by RSS | Dec 13
img
समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ जिल्लामा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सबैभन्दा बढी मत प्राप्त भएको छ । 

by RSS | Dec 13
img
समानुपातिकमा नेपाली काँग्रेस पहिलो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ । 

by RSS | Dec 13
img
छैटौँ पटक सुनसरी–३ बाट गच्छदार विजयी

छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी हुनुभयो । 

by RSS | Dec 13