नेकपा एमाले

img
समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । 

by RSS | Dec 14
img
देश नयाँ युगमा प्रवेश : नेता श्रेष्ठ

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताउनुभयो । 

by RSS | Dec 14
img
प्रदेश नं ३ को राजधानी भक्तपुर बनाउने प्रतिबद्धता

भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित हुनुभएका नेकपा (एमाले)का सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले भक्तपुर ३ नं प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । 

by RSS | Dec 13
img
खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ । 

by RSS | Dec 13
img
म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो । 

by RSS | Dec 13
img
कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ । एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताउनुभएको छ ।

by RSS | Dec 13
img
समानुपातिकमा पनि चितवनमा एमाले पहिलो

जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा(एमाले) पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ । 

by RSS | Dec 13
img
वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताउनुभएको छ । 

by RSS | Dec 13
img
समानुपातिकमा नेकपा (एमाले) अगाडि

समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा (माओवादी केन्द्र)ले ७४१ मत पाएको छ । 

by RSS | Dec 13
img
कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

by RSS | Dec 13

LATEST NEWS