नेकपा एमाले

img
कास्की–२ मा समानुपातिकमा एमाले अगाडि

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको छ । प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभा(क)मा एमाले र(ख)मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९, नेपाली कांग्रेसले १६ हजार ६४ र नेकपा(माओवादी केन्द्र)ले तीन हजार ४७९ मत पाएका छन् । 

by RSS | Dec 12
img
समानुपातिकमा एमाले अगाडि

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा(एमाले)ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ ।

by RSS | Dec 12
img
निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत–एमाले का अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।

by RSS | Dec 11
img
एमालेका किशोरी विजयी

प्रदेशसभा धनुषा निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेकपा (एमाले)का उम्मेदवार किशोरी साह कमल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १४ हजार २०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

by RSS | Dec 11
img
कञ्चनपुर– १ प्रदेश ‘ख’ मा चौधरी विजयी

क्षेत्र नं १ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का कुलवीर चौधरी १६ हजार १५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

by RSS | Dec 11
img
विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गरिने– ओली

नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । 

by RSS | Dec 11
img
डोटीबाट एमालेका आलेमगर विजयी

प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ । 

by RSS | Dec 11
img
धनुषा ४ मा एमालेका महासेठ विजयी

प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले)का रघुवीर महासेठ विजयी हुनुभएको छ । 

by RSS | Dec 11
img
रसुवामा समानुपातिकतर्फ एमालेको बढी मत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले सात हजार ८२२, नेपाली काँग्रेसले छ हजार ५९७, माओवादी केन्द्रले एक हजार ८२३ र नयाँ शक्ति पार्टी नेपालले पाँच हजार ४९१ मत प्राप्त गरेको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जनाएको छ । 

by RSS | Dec 10
img
अब देश समृद्धितर्फ जान्छ : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिँदै उहाँले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

by RSS | Dec 10

LATEST NEWS