नेपाल स्टक मार्केट

img
बुधबार ३.८९ अंकले घट्यो नेप्से

साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३.८९ अंकले घटेर १,५३९.८१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सिटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ३२३.११ विन्दुमा पुग्यो । बुधबार नेप्सेमा ट्रेडिङ्, पाइनान्स् र ‘अन्य’ समूहको परिसूचक बढेपनि अरुसबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी बीमा समूह २१.१२ अंकले घट्यो । बुधबार समग्र नेप्सेमा ५४,२४,४४,७९० रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

by Man Bdr. Bohara | Sep 20
img
प्रभु इन्स्योरेन्सद्धारा लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट १९.२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको जनाइएको छ । बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

by Man Bdr. Bohara | Sep 20
img
कसरी पुग्यो ‘कौडीको भाउमा’ एभरेष्ट बैंकको सेयर ?

पछिल्लो समय एभरेष्ट बैंकको सेयर खरीदमा लगानीकर्ताहरु उत्सुक नभएको बताइने गरेको छ । एभरेष्ट बैंक राम्रो मानिने गरेको भएपनि वाणिज्य बैंकको सेयरमा समेत लगानीकर्ता आकर्षित छैनन् । कारण, यस बैंकको बिग्रदो बित्तीय स्वास्थ्य र बिग्रदो छवि । उसोत, यो बैंकले नेपालमा लगानी गरेर यहाँका खातावालहरुको गोप्य सूचना भारतसम्म पुर्याउने गरेको संगीन आरोप खेप्दै आएको छ ।

by Man Bdr. Bohara | Sep 18
img
सोमबार ४.२४ अंकले घट्यो नेप्से

साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ४.२४ अंकले घटेर १,५४३.७० विन्दुमा पुगेको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि ०.७४ अंकले घटेर ३२३.९० विन्दुमा पुग्यो । सोमबर नेप्सेमा टे«डिङ्, जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेक अरु समूहका परिसूचकहरु घटेका हुन् । सबै भन्दा बढी बीमा समूह ७९.६ अंकले घट्यो । बिहीबार समग्र नेप्सेमा ४६,९३,७४,९४६ रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

by Man Bdr. Bohara | Sep 18
img
पर्वतमा उद्यमी युवालाई सहकारीको सहुलियत कर्जा

पर्वतको कुश्मा बजारका सक्रिय युवाहरुको सक्रियतामा सञ्चालित प्रतिफल बचत तथा ऋण सहकारी संस्थाले कुश्मा नगरपालिकाभित्रका विभिन्न १८ जना युवा व्यवसायी तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । विगत ६ वर्ष अघिदेखि आर्थिक कारोबार गर्दै आईरहेको सहकारीले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालयको सहकार्यमा प्राप्त ऋण रकमबाट उक्त सहयोग प्रदान गरेको बताइएको छ ।

by Man Bdr. Bohara | Sep 17
img
आइतबार १७.६३ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १७.६३ अंकले बढेर १,५४७.९४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि ३.९१ अंकले बढेर ३२४.६४ विन्दुमा पुगेको छ । होटल, फाइनान्स्, र ‘अन्य’ समूहका परिसूचकहरु घटेपनि अरु सबै समूहका परिसूचकहरु बढेका हुन् । सबैभन्दा बढी बीमा समूह ४३.१४ अंकले बढ्यो । आइतबार समग्र नेप्सेमा ७७,८०,९९,४३५ रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

by Man Bdr. Bohara | Sep 17
img
तिनाउ विकास बैंकद्धारा १५ प्रतिशत लाभांश घोषणा

तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफा बाट १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश घोषणा गरेको बताइएको छ । बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभा बाट पारित भएपछि शेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ४६ करोड रुपैयाँ रहेको बताइएको छ ।

by Man Bdr. Bohara | Sep 17
img
बनेपामा शेयर कारोबारको रकम कम

शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ/नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ । बनेपामा भिजन सुक्युरिटिज प्रालि (३४), र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

by Shreya Pokharel | Sep 15
img
पोखरा फाइनान्सको एफपिओ बाँडफाँड

पोखरा फाइनान्सले निष्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) बिहिबार बाँडफाँड गरिएको छ । एफपीओ आवेदकले अधिकतम ३० कित्ता र न्युनतम १० कित्ता शेयर पाएका छन् । उनिहरुले १०, २०, २१ र ३० कित्तासम्म शेयर पाएको बताइएको छ । १० कित्ताका लागि आवेदन दिएका १४ हजार ९६८ जना सबैले सेयर पाएका हुन् ।

img
नेपाल इन्भेष्टमेन्टको भदौ २१ को कारोबार नेप्सेद्धारा रद्ध

भदौं २१ गते भएको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध गरिएको छ । उक्त दिन बोनस सेयर र नगद लाभांशको प्रतिशतमा ‘टाइपिङ समस्या’ भन्दै सार्वजनिक सुचना प्रकाशित भएको १० मिनेटमा नै कम्पनीले लाभांश सच्चाएपछि यसको लगानीकर्ताहरुबाट व्यापक विरोध भएको थियो । लाभांश घोषणा लगत्तै बढेको कम्पनीको सेयर मूल्य लाभांश सच्चिएर आएपछि भने केहि घटेको थियो ।

by Man Bdr. Bohara | Sep 13