नेपाल स्टक मार्केट

img
पर्वतमा उद्यमी युवालाई सहकारीको सहुलियत कर्जा

पर्वतको कुश्मा बजारका सक्रिय युवाहरुको सक्रियतामा सञ्चालित प्रतिफल बचत तथा ऋण सहकारी संस्थाले कुश्मा नगरपालिकाभित्रका विभिन्न १८ जना युवा व्यवसायी तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । विगत ६ वर्ष अघिदेखि आर्थिक कारोबार गर्दै आईरहेको सहकारीले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालयको सहकार्यमा प्राप्त ऋण रकमबाट उक्त सहयोग प्रदान गरेको बताइएको छ ।

by Man Bdr. Bohara | Sep 17
img
आइतबार १७.६३ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १७.६३ अंकले बढेर १,५४७.९४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि ३.९१ अंकले बढेर ३२४.६४ विन्दुमा पुगेको छ । होटल, फाइनान्स्, र ‘अन्य’ समूहका परिसूचकहरु घटेपनि अरु सबै समूहका परिसूचकहरु बढेका हुन् । सबैभन्दा बढी बीमा समूह ४३.१४ अंकले बढ्यो । आइतबार समग्र नेप्सेमा ७७,८०,९९,४३५ रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

by Man Bdr. Bohara | Sep 17
img
तिनाउ विकास बैंकद्धारा १५ प्रतिशत लाभांश घोषणा

तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफा बाट १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश घोषणा गरेको बताइएको छ । बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभा बाट पारित भएपछि शेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ४६ करोड रुपैयाँ रहेको बताइएको छ ।

by Man Bdr. Bohara | Sep 17
img
बनेपामा शेयर कारोबारको रकम कम

शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ/नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ । बनेपामा भिजन सुक्युरिटिज प्रालि (३४), र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

by Shreya Pokharel | Sep 15
img
पोखरा फाइनान्सको एफपिओ बाँडफाँड

पोखरा फाइनान्सले निष्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) बिहिबार बाँडफाँड गरिएको छ । एफपीओ आवेदकले अधिकतम ३० कित्ता र न्युनतम १० कित्ता शेयर पाएका छन् । उनिहरुले १०, २०, २१ र ३० कित्तासम्म शेयर पाएको बताइएको छ । १० कित्ताका लागि आवेदन दिएका १४ हजार ९६८ जना सबैले सेयर पाएका हुन् ।

img
नेपाल इन्भेष्टमेन्टको भदौ २१ को कारोबार नेप्सेद्धारा रद्ध

भदौं २१ गते भएको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध गरिएको छ । उक्त दिन बोनस सेयर र नगद लाभांशको प्रतिशतमा ‘टाइपिङ समस्या’ भन्दै सार्वजनिक सुचना प्रकाशित भएको १० मिनेटमा नै कम्पनीले लाभांश सच्चाएपछि यसको लगानीकर्ताहरुबाट व्यापक विरोध भएको थियो । लाभांश घोषणा लगत्तै बढेको कम्पनीको सेयर मूल्य लाभांश सच्चिएर आएपछि भने केहि घटेको थियो ।

by Man Bdr. Bohara | Sep 13
img
बुधबार ९.०० अंकले घट्यो नेप्से

यो साताको चौथो दिन अर्थात बुधबार सेयर बजार परिसूचक नेप्से ९.०० अंकले घटेर १,४९३.२० विन्दुमा पुगको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि २.०४ अंकले घटेर ३१३.३२ विन्दुमा पुग्यो । बुधबार अरु समूहका परिसूचकहरु बढेपनि बैंकिङ्, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहका परिसूचकहरु घटेका हुन् । सबै भन्दा बढी विकास बैंक समूह २४.०५ अंकले घट्यो ।

by Man Bdr. Bohara | Sep 13
img
सूचिकृत कम्पनीहरुलाई वार्षिक सूचिकरण नविकरण शूल्क बुझाउन नेपाल स्टकको आग्रह

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आफूसंग सूचिकृत सम्पूर्ण कम्पनीहरुलाई वार्षिक सूचिकरण नविकरण शूल्क बुझाउन आग्रह गरेको छ । शेयर/डिवेन्चर सूचिकृत भई वित्तीय मध्यमस्तकर्ताहरु मार्फत कारोबार गरिरहेका कम्पनीहरुलाई त्यस्तो आग्रह गरिएको हो । धितोपत्र कारोबार नियमाबली, २०५० को अनुसूची–९ बमोजिम सूचिकृत कम्पनीले चालु आर्थिक वर्षको वार्षिक सूचिकरण शूल्क प्रत्येक आर्थीक वर्षको आश्विन मसान्तसम्ममा बुझाउनु पर्ने नियम रहेको पनि जानकारी गराइएको छ ।

by Man Bdr. Bohara | Sep 12
img
मंगलबार २१.०६ अंकले घट्यो नेप्से

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २१.०६ अंकले घटेर १,५०२.२० विन्दुमा पुग्यो । त्यस्तै, सेन्सिटिभ इन्डेक्स पनि ४.३१ अंकले घटेर ३१५.३६ विन्दुमा पुग्यो । मंगलबार नेप्सेमा उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहका परिसूचकहरु बढेपनि अरुसबै समूहका परिसूचकहरु घटेका हुन् । सबैभन्दा बढी बीमा समूह १८५.१ अंकले घट्यो । मंगलबार समग्र नेप्सेमा ५६,९८,४३,१३० रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

by Man Bdr. Bohara | Sep 12
img
गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जफत

नेपाल राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएसँगै जनता बैंकले लिलामी प्रक्रिया अघि बढाउने भएको छ । न्यौपानेले आफु संचालक भएको अवस्थामा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भेटिएपछि भदौ ११ गते राष्ट्र बैंकले सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको हो ।

by Sabita Rai | Sep 08