प्रतिनिधिसभा निर्वाचन

img
कञ्चनपुर–१ प्रदेश ‘क’ मा तामाङ विजयी

क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले) का तारालामा तामाङ विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
झापा –३ मा लिङ्देन विजयी

झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका राजेन्द्रकुमार लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
सप्तरी– ४ प्रदेश ‘ख’ मा फोरम

सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
दैलेखका सबै स्थानमा वाम गठबन्धन विजयी

दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गर्नुभयो ।

by RSS | Dec 10
img
डोटी–१ प्रदेश ‘क’ मा काँग्रेसका खड्का विजयी

डोटीमा क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
बारा–१ प्रदेश ‘क’ मा चौधरी विजयी

बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
पौडेलद्वारा पुनः मतदानको माग

नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गर्नुभएको छ । 

by RSS | Dec 10
img
सिरहा–३ मा श्रेष्ठ विजयी

सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ २३ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको छ । 

by RSS | Dec 10
img
काभ्रेपलाञ्चोकमा वाम गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लाका सबै स्थानमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली काँग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गर्नुभएको छ । 

by RSS | Dec 10
img
मोरङ –५ ‘ख’ मा फोरमका यादव विजयी

निर्वाचन क्षेत्र नं ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले ११ हजार २०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

by RSS | Dec 10