बाम गठबन्धन

img
नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । 

by RSS | Dec 14
img
संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष दाहाल

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताउनुभयो । 

by RSS | Dec 14
img
उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ । 

by RSS | Dec 14
img
मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै बीना

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । 

by RSS | Dec 14
img
जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ

नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ ।

by RSS | Dec 13
img
मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । 

by RSS | Dec 13
img
स्याङ्जा—२ बाट एमालेकी अर्याल विजयी

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । 

by RSS | Dec 13
img
बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ ।

by RSS | Dec 13
img
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरिने : महासचिव पोखरेल

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

by RSS | Dec 12
img
जितेपछि नेताहरु पुनः घरदैलोमा

निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजेता उम्मेदवारले पुनः जनतालाई बधाई तथा धन्यवाद दिन घरदैलो अभियान शुरु गरेका हुन् । 

by RSS | Dec 12