स्थानिय चुनाव

img
निर्वाचन आयुक्तहरुलाई विलासी गाडी खरिदका लागि ११ करोड बिनियोजन

अर्थ मन्त्रालयले निर्वाचन आयोगका प्रमुखसहित सबै पाँच आयुक्तका लागि गाडी किन्न ११ करोड २० लाख रुपैयाँ बजेट दिने सहमति दिएको छ । आयोगलाई अनावश्यक रुपमा गाडी खरिद गर्न दिएको यो रकम एउटा गाउँपालिकालाई सरकारले दिएको बजेट बराबर हो । चालु आवमा एउटा गाउँपालिकालाई सरकारले औसतमा १० करोड अनुदान दिएको छ ।

10 d
img
बाम एकता अस्वभाविक भएको कांग्रेसको ठहर

सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी तालमेल एव एकता घोषणा अस्वभाविक कदम भएको ठहर गरेको छ ।

14 d
img
निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुने एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नु हुदै निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुने बिचार ब्याक्त गर्नु भएको छ ।

18 d
img
वीरगन्ज महानगरपालिकामा मतान्तर फराकिलो बनाउदै संघिय फोरम

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले फोरम नेपालले आफ्नो अग्रता फराकिलो बनाउदै लगेको छ ।

22 d
img
मटिहानीमा राजपाको जित

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी हुनुभएको छ । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याउनुभएको छ ।

26 d
img
सुखीपुरमा एमाले विजयी

नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

26 d
img
गौशाला नपामा माओवादी केन्द्र विजयी

जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् । आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी हुनुभएको छ ।

26 d
img
धनुषाको क्षीरेश्वरनाथ नपामा काँग्रेस विजयी

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

26 d
img
जितको खुसी साटन नपाउदै मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ। राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।

26 d
img
यादवलाई कांग्रेसले पत्याएन जनताले पत्याए !

अन्तिम चरण अर्थात तेस्रो चरणमा प्रदेश नं. २ मा भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ । यसैबीच, सिरहाको औरही गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमखमा संघीय समाजवादी फोरम विजयी भएको छ । माओवादी केन्द्रका सिदार्थ यादव २ हजार ६ सय ५८ मत ल्याई विजयी भएका हुन् ।

27 d