सबै समाचार

img
डोमलाई होटलको भाँडामा खान दिइँदैन

मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने

by RSS | Today, 02:32 PM
img
दुई दर्जन भाषाका कविता अनुवाद गरिने

दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा गत साता आयोजित सम्मेलनले आठबुँदे घोषणापत्र जारी

by RSS | Today, 02:27 PM
img
गोसाइँकुण्ड तीर्थयात्री प्रभावित

बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ । रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका

by RSS | Today, 02:20 PM
img
पुल बगाएपछि आवागमन ठप्प

गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ । बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभयो ।

by RSS | Today, 12:35 PM
img
फोहरले वातावरण प्रदूषण

काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्वती ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो ।

by RSS | Today, 12:23 PM
img
संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो । सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी

by RSS | Today, 12:18 PM
img
छ पत्रकार सम्मानित

पर्वतबाट सञ्चालित ‘अनलाइन पत्रिका सूचना केन्द्र डटकम’ले यहाँका छ जना पत्रकारलाई सम्मानित गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी छ जना पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका

by RSS | Today, 12:12 PM
img
पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताउनुभयो । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा

by RSS | Today, 12:03 PM
img
पासाङल्हामु राजमार्ग बन्द

पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको

by RSS | Today, 11:51 AM
img
सत्र किलोमा सडक भासिने क्रम जारी

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् ।

by RSS | Aug 17
img
क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ । सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो ।

by RSS | Aug 17
img
क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले

by RSS | Aug 17
img
नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा

वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् । नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउनुहुन्छ ।

by RSS | Aug 17
img
डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो

by RSS | Aug 17
img
आगलागीबाट दुई करोडको क्षति

विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो ।

by RSS | Aug 17
img
गाँजाका बोट फडानी

लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो । ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा

by RSS | Aug 17
img
चोरीको गाडी हवल्दारको निवासमा

एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा

by RSS | Aug 17
img
पुल नहुँदा समस्या

बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो । पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चाैडी नगरपालिका–१ का बीरबहादुर गडालले बताउनुभयो

by RSS | Aug 17
img
मृतक गैँडा फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

by RSS | Aug 17
img
एक महिने ‘बर्खेनाच’

जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त नाचअन्तर्गत बिहीबार बेनीमा लाखेनाच प्रर्दशन गरिएको थियो । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ

by RSS | Aug 17