सबै समाचार

img
चितवन प्रदेश नं ३ को पर्यटकीय केन्द्र’

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चितवनलाई प्रदेशको पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपु–१७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

by RSS | Today, 03:47 PM
img
बैंकहरु सामाजिक क्षेत्रमा उत्तरदायी हुनुपर्छ’

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । एनआइसी एशिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै उहाँले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन सुझाव दिनुभयो ।

by RSS | Today, 03:38 PM
img
प्रसूति सेवा केन्द्र शुभारम्भ

दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।

by RSS | Today, 10:56 AM
img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।

by RSS | May 17
img
पोखरा महानगरमा खुला व्यायामशाला

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुला व्यायामशाला बनाएको छ । यो पोखराको पहिलो खुला व्यायामशाला हो । बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेका बेला महानगरपालिकाले नागरिकलाई स्वस्थ बनाउन खुला व्यायामशाला निर्माणको काम शुरु गरेको हो ।

by RSS | May 17
img
गाँजासहित दुई जना पक्राउ

प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८ का २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरिएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो ।

by RSS | May 17
img
‘तमसुक’ लोकार्पण

अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेख्नुभएको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख माया ठकुरीले समाजका घटनालाई जस्ताको तस्तै कथामा उतारेर लेखकले सङ्ग्रहलाई पठनीय बनाएको बताउनुभयो ।

by RSS | May 17
img
हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताउनुभयो ।

by RSS | May 17
img
आरके कार्पेटमा दुई करोड क्षति

धापाखेलको आरके कार्पेट एण्ड ह्यान्डीक्रयाफ्ट उद्योगमा बुधबार साँझ आगलागी हुँदा रु दुई करोड बढीको रकम क्षति भएको छ । सो उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

by RSS | May 17
img
ढोलाहिटी–लेले सडक कात्तिकसम्म कालोपत्र

ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । झण्डै चार वर्ष पहिले सडक विस्तारको काम शुरु भए पनि निर्माण अघि नबढेपछि अहिले भइरहेको चौडाइमा नै कालोपत्र गर्ने सहमति भएको हो । झण्डै १० किलोमिटरको सो सडक कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयवासीले एक सातादेखि सडक बन्द गरिरहेका थिए ।

by RSS | May 17
img
आगलागीबाट रु ५२ लाखको क्षति

सदरमुकामस्थित पोखरेमा आज आगलागी हुँदा रु ५२ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो । आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य दुई घरमा समेत क्षति पुगेको छ ।

by RSS | May 17
img
सर्वसाधारणले ढाटमा आगो लगाए

पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् ।

by RSS | May 17
img
साँखु बज्रयोगिनीमा वाग्मती तीर्थयात्रा समूह

ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान शुरु भएको यात्रा बूढानीलकण्ठलगायत सात तीर्थ पार गर्दै साँखु बज्रयोगिनी पुगेको हो । यसक्रममा पर्ने सात तीर्थमा स्नान, पूजा र दर्शन गरियो ।

by RSS | May 17
img
मराङमा सडक निर्माण

म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।

by RSS | May 17
img
फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने

मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उहाँ बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

by RSS | May 17
img
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै

स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

by RSS | May 17
img
दुई शव फेला

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताउनुभयो ।

by RSS | May 17
img
दुई हजार परिवार भेरीको उच्च जोखिममा

ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ । रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् ।

by RSS | May 17
img
म्याद नाघेका खाद्य सामग्री नष्ट

स्थानीय प्रशासन तथा सरोकारवालाले आज जुम्ला बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जल्लिा अधकिारी देवेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरोकारवाला नकिायले यहाँका ३० पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भेटएिको छ । ती सामग्री नष्ट गरएिको नागरकि समाजका अध्यक्ष राजबहादुर महतले जानकारी दनिुभयो ।

by RSS | May 17
img
‘सार्वजनिक संस्थालाई प्रतिस्पर्धी बनाउन सबैको ध्यान आवश्यक’

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि सार्वजनिक संस्थामा काम गर्ने कर्मचारीलाई ट्रेड युनियन आन्दोलनमा समेट्दै अघि बढेको सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपाल आजदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको अगुवाइमा विसं २०४७ जेठ २ गते उक्त सङ्गठनको स्थापना भएको थियो ।

by RSS | May 17