सबै समाचार

img
तीन जिल्लाका कारागारलाई रुपान्तरण गरिने

साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले तीनवटै

by RSS | Feb 19
img
मानव मलमूत्रीय फोहर व्यवस्थापन प्रशोधन केन्द्र बन्दै

झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एशियाली विकास बैंक (एडिबी)को ८० प्रतिशत अनुदान र स्थानीय तहको १५ प्रतिशत लागतमा सो प्रशोधन केन्द्रको निर्माण भएको हो । सन् २०१७ डिसेम्बरमा धनुषाको रमन कन्स्ट्रक्सनले रु सात करोड ६८ लाखमा

by RSS | Feb 19
img
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो ।

by RSS | Feb 19
img
राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा

by RSS | Feb 19
img
दृष्टिविहीन छात्राबास निर्माण हुँदै

दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ । वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्किएको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई राखिएको भन्दै फरक क्षमता भएका उनीहरुलाई पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण गर्न लागिएको पूर्वविद्यार्थी वासुदेव न्यौपानेले बताउनुभयो ।

by RSS | Feb 19
img
मानसिक अस्पतालमा श्यया अभाव

गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुग्नुभयो । मानसिक रोगबाट पीडित उनलाई भर्ना गरेरै उपचार गर्नुपर्ने देखिएको कारागारमा कार्यरत स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यहाँबाट आमा छोराको उपचारका लागि कुरा गर्न अस्पताल आउनुभएको थियो । अस्पतालले अहिले कुनै पनि श्यया खाली नभएको भन्दै फर्काएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खै कहिलेसम्म कुर्नुपर्ने हो टुङ्गो छैन ।” 

by RSS | Feb 18
img
कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ ।

by RSS | Feb 18
img
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको उचित व्यवस्थापनबाटै समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न मन्त्रालयको कार्यभार सम्हाले लगत्तै समयतालिकासहित ‘सुधार कार्ययोजना’ अघि सार्नुुभएको थियो । 

by RSS | Feb 18
img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

by RSS | Feb 17
img
मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

by RSS | Feb 17
img
अस्ट्रेलियामा बाढीले ५ लाख चौपाया मरे  

अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यमा बाढीका कारण ५ लाखभन्दा बढी चौपाया मरेका छन् भने ३० करोड डलर बराबरको क्षति भएको छ । बाढीका कारण अति प्रभावित नागरिकलाई ७५ हजार डलर बराबरको सहयोग दिने अस्ट्रेलियाली सरकारले घोषणा गरेको छ ।

by Anu Rana | Feb 17
img
यो हप्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५  फागुन ५ गते देखी ११ गतेसम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Feb 17
img
एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरबाट २७२ लाभान्वित भएका हुन्।

by RSS | Feb 17
img
एक सातादेखि टेलिफोन अवरुद्ध

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । 

by RSS | Feb 17
img
छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् ।

by RSS | Feb 17
img
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । 

by RSS | Feb 17
img
कला साहित्य उत्सव फागुन १८ देखि

रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ। उत्सवमा १४ वटा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज, फोटो प्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।

by Anu Rana | Feb 17
img
पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो । ‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ । 

by RSS | Feb 15
img
मौसम बदली : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।

by RSS | Feb 15
img
लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन् ।

by RSS | Feb 15