सबै समाचार

img
सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा

गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

by RSS | May 05
img
महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् ।

by RSS | May 05
img
परम्परागत संस्कृति मासिदै

धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् ।

by RSS | May 05
img
गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए ।

by RSS | May 05
img
अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् । जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग, मिठाइ र खानेकुरा बाँडेका हुन् । थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताउनुभयो ।

by RSS | May 05
img
तीनसय बढी महिलाको पाठेघर उपचार

कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो ।

by RSS | May 05
img
भाइरल ज्वरोले एकको मृत्यु

जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु भएको हो ।

by RSS | May 05
img
निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु

झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

by RSS | May 05
img
पाँच लाखको लुटपाट

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ ।

by RSS | May 05
img
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो ।

by RSS | May 05
img
बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।

by RSS | May 05
img
डेङ्गुले श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित

श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ । अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् ।  सन् २०१९ को पहिलो चार महिना त्यति डेङ्गुको त्यति विरामी देखिएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ ।

by Anu Rana | May 05
img
‘नेपालको पानी, जनताको लगानी’लाई प्रभावकारी बनाइने

‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । सङ्घीय संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ ।

by RSS | May 03
img
चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ ।

by RSS | May 03
img
आकाश हेर्दै गहुँ काट्दै

दैलेखका विभिन्न स्थानमा लगातार परेको असिना पानीले गहुँबालीमा क्षति पुगेपछि असिना नपरेका स्थानका किसान अहिले अलीअली बचेको गहुँबाली घर भित्र्याउन व्यस्त छन् । दैलेख र जाजरकोटको सिमानामा पर्ने जगनाथ र पगनाथका एक हजार बढी किसान असिना पानीबाट जोगाउन आकाश हेर्दै गहुँ काट्न व्यस्त भएका हुन् ।

by RSS | May 03
img
खुवा बेचेर रु दश करोडको सम्पत्ति

एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् विसं २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आउनु भएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोड्नुभएको छ ।

by RSS | May 03
img
मच्छिन्द्रनाथको रथारोहण आइतबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ । यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर मच्छिन्द्रनाथलाई महास्नान गराइयो ।

by RSS | May 03
img
‘लुम्बिनी बुद्धिज्म एण्ड टी रिसर्च सेन्टर’ स्थापना

बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’ शुभारम्भ गरिएको छ । बुद्ध दर्शन र चिया संस्कृतिको अध्ययन अनुसन्धान गर्नका लागि खोलिएको सेन्टरको बिहीबार नेपाल पर्यटन बोर्डमा शुभारम्भ गरिएको हो ।

by RSS | May 03
img
मौसमले उडान प्रभावितः हेलिकप्टर नउडाउन अनुरोध

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौँ फर्किएको छ । त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ ।

by RSS | May 03
img
पर्यटक सत्कारमा रमाउँछन् घलेगाउँवासी

विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ यो गाउँ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ क्होलासोथर गाउँपालिका ३ नम्बरमा पर्दछ । जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् यस गाउँमा ।

by RSS | May 03