सबै समाचार

img
मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष राजेश मिश्रलाई ‘वीरेन्द्र साह स्मृति’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज यहाँ आयोजित कार्यक्रममा कान्तिपुर दैनिकका वरिष्ठ सहायक उपसम्पादकसमेत रहनुभएका मिश्रलाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो । मन्त्री पण्डितले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभयो ।

by RSS | May 03
img
‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

by RSS | May 03
img
केरुङ्गा घोल व्यवस्थित गरिँदैं

भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो ।

by RSS | May 03
img
ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

by RSS | May 03
img
सशस्त्र प्रहरी कार्यालय शिलान्यास

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले सीमा सुरक्षा, राजश्व सङ्कलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले ठूलो योगदान पु¥याएको बताउनुभएको छ । विराटनगर–१६ दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय९बोर्डर आउट पोष्ट० को निर्माणाधिन भवन आज यहाँ शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

by RSS | May 03
img
वर्षाद्को समयका लागि फोहर विसर्जन स्थल तय

काठमाडौँ महानगरपालिकाले वर्षाद्को समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षाद्मा फोहर बढी उत्पादन हुने भएकाले अन्य स्थान तय गरिएको कामपाले जनाएको छ ।

by RSS | May 03
img
मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो ।

by RSS | May 03
img
हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै

गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा नयाँ भवन निर्माण भइरहेको छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।

by RSS | May 03
img
कार दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

by RSS | May 03
img
नेपालमा चक्रवात ‘फानी’को प्रभाव

चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

by RSS | May 03
img
६० किलो गाँजासहित एक भारतीय पक्राउ

सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

by RSS | May 03
img
आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

by RSS | May 03
img
मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ ।

by RSS | May 03
img
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

by RSS | May 03
img
निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताउनुभयो ।

by RSS | May 03
img
राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

by RSS | May 03
img
खानेपानीका लागि बस्ती सार्दै स्थानीय

डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहँुदा उनीहरु बस्ती नै सार्न थालेका हुन् ।

by RSS | May 03
img
धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुचौरको धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्थापनासँगै सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रारम्भ भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । यसअघि त्यहाँका स्थानीयवासी आधारभूत स्वास्थ्य सेवा लिन चार घण्टाको बाटो हिँडेर बनखुको गोलटारसम्म पुग्नुपथ्र्यो ।

by RSS | May 03
img
काभ्रेपलाञ्चोकमा कृषि उपजलाई प्राङ्गारिक बनाइने

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजित प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले भन्नुभयो, “कृषि उपजमा विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक उत्पादनतर्फ लाग्नेछौँ ।

by RSS | May 03
img
प्रवासबाट राहत सहयोग

घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ । समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले बिहीबार संयुक्तरूपमा गिरीकी श्रीमती जुनालाई रु ९३ हजार ४०० प्रदान गर्नुभएको हो । चार महीनाअघि कतार पुग्नुभएका गिरीलाई दुई महीनापछि क्यान्सर देखिएको थियो ।

by RSS | May 03