सबै समाचार

img
पहिलो पटक बिजुली बल्यो

हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो । पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

by RSS | May 02
img
हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो ।

by RSS | May 02
img
मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि रासससँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो ।

by RSS | May 02
img
ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो । नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो ।

by RSS | May 02
img
आख्यानकार गौतमलाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा शताब्दीभन्दा अघिदेखि नेपाली वाङ्मयमा विशेष गरी आख्यान विधामा महत्वपूर्ण योगदान दिइरहनुभएका गौतमलाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

by RSS | Apr 30
img
प्रहरीद्वारा अपहरित बालकको उद्धार

बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ ।

by RSS | Apr 30
img
युवा रोजगारको सहयोगी कृत्रिम जलाशय

घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँदेखि उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यहीँ जलाशयको पानी बारी र खेतमा पु¥याइएको छ । घोराही उपमहानगरपालिका–१७ ढिकपुर गाउँमा खेतीपाती त्यही कृत्रिम जलाशयको पानीले धानिएको छ ।

by RSS | Apr 30
img
मैले हात गुमाएँ, आत्मविश्वास होइन : पौडेल

कपिलवस्तुका १७ वर्षीय प्रदीप पौडेलले कम्पनीमा काम गर्दा गुमाएको हातका कारण यति बेला जीवनयापनकै निम्ति छट्पटाइरहेका छन् । वाणगङ्गा नगरपालिका – ४ जीतपुरका पौडेलले गत फागुन १ गते करेण्ट लागेर हात गुमाउनु भयो । दश महिनादेखि नगरपालिकाको बैरियामा रहेको होण्डा सोरुममा काम सिक्दै आउनुभएका पौडेलले काम गर्ने क्रममा करेण्ट लागेपछि अवस्था यस्तो भएको हो ।

by RSS | Apr 30
img
डिप ट्युवेलको माग

प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् ।

by RSS | Apr 30
img
अनमी उच्च रक्तस्रावको चपेटामा

चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला पर्नुभएको छ । दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
क्षयरोगबाट सात हजार मृत्यु

नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
खैरो हेरोइनसहित पक्राउ

नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।

by RSS | Apr 30
img
कर्णाली नदीमा स्काभेटर खस्यो

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो । स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ ।

by RSS | Apr 30
img
आफ्नै देश फर्किएर पान पसलमा रमाउँदै दाजुभाइ

एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आउनुभएको हो।

by RSS | Apr 30
img
चार वर्षअघिको हत्या अनुसन्धान शुरु

पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ ।

by RSS | Apr 30
img
सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला

वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् ।

by RSS | Apr 30
img
सामाजिक काममा साझेदारी गर्न सेना तयार

नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन सेना सधैँ तयार रहेको बताउनुभएको छ ।

by RSS | Apr 30
img
अण्डा बिक्री नहुँदा व्यवसायीलाई चिन्ता

आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ ।

by RSS | Apr 30
img
जिल्ला इञ्चार्जसहित १० पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

by RSS | Apr 30