सबै समाचार

img
चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । 

by RSS | Feb 15
img
परिवार योजना सम्मेलन चैत ४ देखि

“परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने ” भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिव दुईसय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष(युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजना हुने

by RSS | Feb 15
img
सौन्र्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ

जनप्रतिनिधिले कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानको मागप्रति समर्थन जनाएका छन् । वाग्मतीपीडित सङ्घर्ष समितिले आज जोरपाटीमा आयोजना गरेको अन्तक्र्रियामा जनप्रतिनिधिले समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानको पक्षमा न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईले वाग्मती आयोजनाको नाममा पीडित किसानको पक्षमा वर्षौंदेखि

by RSS | Feb 15
img
प्रेस युनियन र आइएलओबीच छलफल

नेपाल प्रेस युनियन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) प्रतिनिधिबीच आप्रवासन नेपाली कामदारका चुनौती समाधान सम्बन्धमा छलफल भएको छ । युनियन केन्द्रीय कार्यालयमा आज आइएलओका प्रतिनिधि र युनियन पदाधिकारीबीच छलफल भएको थियो । सो अवसरमा आइएलओ जेनेभाकी प्राविधिक अधिकृत लू टेसिएरले नेपालमा वैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न एक शैक्षिक सामग्रीको आवश्यकता रहेको बताउनुुभयो । 

by RSS | Feb 14
img
दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो ।

by RSS | Feb 14
img
‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढाउँदै यातायात व्यवस्था विभाग

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

by RSS | Feb 14
img
१८ किलो सुन बरामद

कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक

by RSS | Feb 14
img
जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु :प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो । 

by RSS | Feb 14
img
सडक दुर्घटनामा वृद्धि

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत र जेब्राक्रसिङ नहुदाँ सडक दुर्घटनामा वृद्धि भएको छ । सडकको दुवै छेउमा र बीचमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्रा क्रसिङ्ग चिन्ह् नदिदाँ सवारी दुर्घटना बढ्दै गएको हो । सडकको मर्मत गरिएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वको कोशी ब्यारेजदेखि पश्चिमको कमलासम्म मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्रसिङ चिन्ह्

by RSS | Feb 14
img
८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् । अतिक्रमित जमीनलाई खाली गराउने काम भइरहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी गोपालदत्त जोशीले जानकारी दिनुभयो । कार्यालयले उपलब्ध गराएको विवरणअनुसार जिल्लाभर अतिक्रमण

by RSS | Feb 14
img
‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । 

by RSS | Feb 14
img
बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो । जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन

by RSS | Feb 14
img
नख्खु–बुङ्गमती सडकमा काम २५ प्रतिशत

ठेक्का सम्झौता शुरु भएको दुईवर्ष नाघिसक्दा नख्खु खोलाबाट भँैसेपाटी हुँदै बुङ्गमतीसम्म सडक २५ प्रतिशत मात्रै काम भएको छ । ठेक्का सम्झौताको म्याद आगामी साउनसम्म रहेको तर भौतिक प्रगति भने ज्यादै कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गर्न ढिलाइ गरेकाले कार्यान्वयनमा ढिलाइ भएको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । 

by RSS | Feb 12
img
सडक दुर्घटना न्यूनीकरणसम्बन्धी प्रस्तावमाथि छलफल

प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराउनुभएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो । 

by RSS | Feb 12
img
गोकर्णेश्वर–गुह्येश्वरी खण्डको सौन्दर्यीकरण अवरुद्ध

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले तीन दिनदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकेका छन् । विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकास्थित गोठाटार पुल आसपासका स्थानीयवासीको १८८ रोपनी जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो ।

by RSS | Feb 12
img
निगमले जहाज पूर्ण क्षमतामा उडाउने

नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए ।

by RSS | Feb 12
img
नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छः दीक्षित

साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताउनुभएको छ । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताउनुभयो । “मेरो अनुमानलाई आधारित बनाएर खोज अनुसन्धान गर्ने हो भने नेपाली साहित्यको इतिहास झनै उच्च बन्न सक्छ”,

by RSS | Feb 12
img
दिल्लीको एक होटलमा आगलागी, १७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको करोल बाग क्षेत्रमा  रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

by Anu Rana | Feb 12
img
अवैध उत्खनन रोक्न अनुगमन समिति

चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताउनुभयो ।

by RSS | Feb 12
img
कैदीका लागि पुस्तक सङ्कलन

जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

by RSS | Feb 12