सबै समाचार

img
पुरस्कार स्वर्गद्वारी आश्रम तथा सम्मान वज्राचार्यलाई

रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले यस वर्षको ‘अध्यात्म सेवा पुरस्कार’ प्यूठानस्थित स्वर्गद्वारी आश्रमलाई प्रदान गर्ने भएको छ । अनुष्ठानले करीब १२५ वर्षदेखि अध्यात्म क्षेत्रको संवद्र्धनमा योगदान पु¥याएकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागेको हो । यसैगरी करीब छ दशकदेखि अध्यात्म क्षेत्रको उन्नयनमा क्रियाशील मान वज्राचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गरिने भएको छ ।

by RSS | May 02
img
मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो ।

by RSS | May 02
img
जीप दुर्घटनामा सहचालकको मृत्यु

बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

by RSS | May 02
img
पाउद्वार–किन्दु सडक निर्माण

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो । पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।

by RSS | May 02
img
टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

बुटवल पाखापानीमा आज भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

by RSS | May 02
img
सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ ।

by RSS | May 02
img
बाँकेका तीन सय नागरिकता खारेज

बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका झण्डै ३०० नागरिकता खारेजीमा परेका हुन् ।

by RSS | May 02
img
करेन्ट लागेर मृत्यु

बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिनुभयो ।

by RSS | May 02
img
दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

by RSS | May 02
img
आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो । सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ ।

by RSS | May 02
img
विधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

धु्रवसागर शर्मा करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो ।

by RSS | May 02
img
पहिलो पटक बिजुली बल्यो

हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो । पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

by RSS | May 02
img
हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो ।

by RSS | May 02
img
मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि रासससँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो ।

by RSS | May 02
img
ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो । नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो ।

by RSS | May 02
img
आख्यानकार गौतमलाई युगकवि सिद्धिचरण पुरस्कार

युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा शताब्दीभन्दा अघिदेखि नेपाली वाङ्मयमा विशेष गरी आख्यान विधामा महत्वपूर्ण योगदान दिइरहनुभएका गौतमलाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

by RSS | Apr 30
img
प्रहरीद्वारा अपहरित बालकको उद्धार

बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ ।

by RSS | Apr 30
img
युवा रोजगारको सहयोगी कृत्रिम जलाशय

घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँदेखि उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यहीँ जलाशयको पानी बारी र खेतमा पु¥याइएको छ । घोराही उपमहानगरपालिका–१७ ढिकपुर गाउँमा खेतीपाती त्यही कृत्रिम जलाशयको पानीले धानिएको छ ।

by RSS | Apr 30
img
मैले हात गुमाएँ, आत्मविश्वास होइन : पौडेल

कपिलवस्तुका १७ वर्षीय प्रदीप पौडेलले कम्पनीमा काम गर्दा गुमाएको हातका कारण यति बेला जीवनयापनकै निम्ति छट्पटाइरहेका छन् । वाणगङ्गा नगरपालिका – ४ जीतपुरका पौडेलले गत फागुन १ गते करेण्ट लागेर हात गुमाउनु भयो । दश महिनादेखि नगरपालिकाको बैरियामा रहेको होण्डा सोरुममा काम सिक्दै आउनुभएका पौडेलले काम गर्ने क्रममा करेण्ट लागेपछि अवस्था यस्तो भएको हो ।

by RSS | Apr 30
img
डिप ट्युवेलको माग

प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् ।

by RSS | Apr 30