सबै समाचार

img
अनमी उच्च रक्तस्रावको चपेटामा

चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला पर्नुभएको छ । दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
क्षयरोगबाट सात हजार मृत्यु

नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
खैरो हेरोइनसहित पक्राउ

नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।

by RSS | Apr 30
img
कर्णाली नदीमा स्काभेटर खस्यो

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो । स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ ।

by RSS | Apr 30
img
आफ्नै देश फर्किएर पान पसलमा रमाउँदै दाजुभाइ

एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आउनुभएको हो।

by RSS | Apr 30
img
चार वर्षअघिको हत्या अनुसन्धान शुरु

पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ ।

by RSS | Apr 30
img
सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला

वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् ।

by RSS | Apr 30
img
सामाजिक काममा साझेदारी गर्न सेना तयार

नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन सेना सधैँ तयार रहेको बताउनुभएको छ ।

by RSS | Apr 30
img
अण्डा बिक्री नहुँदा व्यवसायीलाई चिन्ता

आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ ।

by RSS | Apr 30
img
जिल्ला इञ्चार्जसहित १० पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

by RSS | Apr 30
img
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रयोग गर्नुपरेको छ ।

by RSS | Apr 30
img
महिलाले गर्छन् परिवार र समाजको नेतृत्व

उठ चेलीबेटी हो आँशु पुछेर अझै कति आँशुमुनि बस्छौँ रुझेर... । गायक रायन श्रेष्ठकोे यो गीतले घरभित्रै चुलो चौकामा सीमित हुने महिलालाई सक्षम बन्न प्रेरणा दिन्छ । केही वर्ष अगाडिसम्म यो गीतले ग्रामीण महिलाको अवस्थाबारे झल्काउँथ्यो तर अहिले उनीहरुको जीवनशैली फेरिएको छ । जिम्मेवारी बढेपछि कुनै समय घरभित्रै सीमित रहने महिला अहिले गाउँघर समाजको नेतृत्व गर्न थालेका छन् ।

by RSS | Apr 30
img
हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै

नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ ।

by RSS | Apr 30
img
शालीग्राम सङ्ग्रहालय निर्माणको काम तीव्र

बागलुङ नगरपालिका–४ कुडुले फेदीमा सुरुङभित्रै निर्माण हुन लागेको शालीग्राम सङ्ग्रहालयको काम तीव्र गतिमा अघि बढेको छ । आगामी भदौ महीनाभित्रै सक्ने योजना बनाइएर कामलाई तीव्रता दिइएको हो । यो सङ्ग्रहालयको गत भदौमा शिलान्यास गरिएको थियो । सुरुङभित्रै कालीगण्डकी सभ्यता देखाउने भन्दै थालिएको काम तीव्र गतिमा अगाडि बढेको हो ।

by RSS | Apr 30
img
असिनाका कारण कृषक मर्कामा

पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ । असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो ।

by RSS | Apr 30
img
देवदहका पार्कमा बौद्धकालीन सभ्यता

रुपन्देहीको देवदहमा रहेका पार्कमा बौद्धकालीन सभ्यता झल्किने गरी चित्र र मूर्ति राखिने भएको छ । प्राचीन कोलिय गण राज्यको राजधानीका रुपमा रहेको देवदहका पार्कमा कोलिय सभ्यता झल्किने गरी मौलिक किसिमका मूर्ति र चित्र राखिने तयारी थालिएको हो । ड्रिम देवदह युनिटी फर चेन्जको अगुवाइमा देवदहलाई नमूना पार्कको शहर बनाउने गरी अभ्यास थालिएको अभियन्ता सिद्धिचरण भट्टराईले बताउनुभयो ।

by RSS | Apr 30
img
बस टिकट काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक

सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो ।

by RSS | Apr 30
img
खजुरामा चार लेन सडक निर्माण शुरु

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले आइतबारबाट चार लेन सडक निर्माण शुरु गरेको हो ।

by RSS | Apr 30