सबै समाचार

img
नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो । उहाँले पहिलोपटक सोमबार पालुङटार नगरपालिका–४ का कृष्णबहादुर घर्तीका सबै परिवारको स्वास्थ्य बीमा गराउनुभएको छ ।

by RSS | Apr 30
img
अवरुद्ध गोठीज्युला–कालाकाँडा सडक सञ्चालन

चार महीनादेखि अवरुद्ध जुम्ला सिञ्जाको गोठीज्युला–कालाकाँडा गम्था सडकखण्ड सोमबारदेखि सञ्चालन भएको छ ।

by RSS | Apr 30
img
ऐँसेलुखर्कवासीले गरे जग्गा निःशुल्क दान

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

by RSS | Apr 30
img
प्रदेशसभा सदस्यलाई अपाङ्गको मागपत्र

मेरुदण्डीय पक्षघात समूह नेपालले प्रदेशसभा सदस्यलाई मागपत्र बुझाएका हुन् । गोकर्णेश्वर नगरपालिका–८ मा रहेकोे उक्त समूहले ३ नं प्रदेशसभा सदस्य छिरिङ लामालाई भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध गराइदिन भन्दै मागपत्र बुझाएका हुन् । सोमबार गोकर्णेश्वर नगरपालिका– ८ मा रहेको मेरुदण्डीय पक्षघात समूह नेपालको कार्यालय पुग्नुभएका पुगेका प्रदेशसभा सदस्य लामालाई संस्थाका महासचिव केशव थापाले पत्र बुझाउनुभएको थियो ।

by RSS | Apr 30
img
विद्यालय समायोजन

जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ ।

by RSS | Apr 30
img
आवास कार्यक्रम : २४ करोड सकियो, गरीबको पीडा उस्तै

काशीराम शर्मा जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् ।

by RSS | Apr 30
img
ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी

तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्नुहुन्छ । मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उहाँलाई केही असहज अवस्था उत्पन्न भएको थियो ।

by RSS | Apr 30
img
डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध

बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो । बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन्।

by RSS | Apr 30
img
गैँडाको आक्रमणबाट मृत्यु

भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

by RSS | Apr 30
img
मोटरेबल पुल अलपत्र, जोखिम मोलेर काठेपुल वारपार

रामचन्द्र न्यौपाने ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो । लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।

by RSS | Apr 30
img
जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना

जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गर्नुभएको छ । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा रु ८० हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । सो रकम विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको शैक्षिक पठनपाठनमा खर्च गर्ने सहमतिअनुसार ओकेबाजेले अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

by RSS | Apr 30
img
घटना भएको १२ वर्षपछि तीन फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो ।

by RSS | Apr 30
img
बलात्कारको आरोपमा पक्राउ

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

by RSS | Apr 30
img
सडक धुलाम्य हुँदा जनतालाई सास्ती

सिद्धराज भट्ट धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो ।

by RSS | Apr 30
img
पश्चिमसेती नबन्दा निराशा

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो ।

by RSS | Apr 30
img
हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी

दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ ।

by RSS | Apr 29
img
वनमा आगलागी

जिल्लाका बिभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी भएको छ । एक हप्ता देखि यहाँका वनमा आगलागी हुँदा सयौँ हेक्टर वन सखाप हुन थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी कम्तीमा पनि ७४४ हेक्टर वन सखाप भएको डिभीजन वन कार्यालय डोटीले जनाएको छ ।

by RSS | Apr 29
img
बालबालिकाले अस्वस्थकर खाजा खाँदै : प्रतिवेदन

अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ ।

by RSS | Apr 29
img
झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
बृहत् विराट विकास क्षेत्र

मोहम्मद सदरुल/मनोज दाहाल मोरङ र सुनसरी जिल्लाको केही नगरपालिका र गाउँपालिकाका आवश्यक क्षेत्रलाई समेटेर बृहत् विराट विकास क्षेत्र बनेको छ । विगतमा विराटनगर महानगरपालिका मात्र विराट क्षेत्रबाट चिन्ने गरिन्थ्यो भने अहिले यसमा सुनसरी र मोरङका १८ स्थानीय तह गाभिएका छन् । प्रदेश सरकारले बृहत् विराट विकास क्षेत्रका लागि ल्याएको विधेयक पनि आइतबार पारित भइसकेको छ ।

by RSS | Apr 29