सबै समाचार

img
पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ । निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ ।

by RSS | Apr 29
img
सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।

by RSS | Apr 29
img
गुलाबले सिँगारिएको घतान

जमुनावर्षा शर्मा बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ । बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका रातो गुलाबमा जो कोहीको आँखा पुग्छ । घर अगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यलाई समेत बढाइरहेको छ ।

by RSS | Apr 29
img
बहुविवाह गर्ने दुबै कारवाहीमा

बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

by RSS | Apr 29
img
भक्तपुरमा विकासका काम तीव्र

सांसद महेश बस्नेतले भक्तपुरमा विगत डेढवर्षको अन्तरालमा विकासको काम तीव्र रुपले अघि बढेको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–१ र ४ जोड्ने चरखण्डी खोलाको पुलको आज उद्घाटन गर्दै उहाँले भक्तपुरको विकास निर्माणका लागि आएको कुनै पनि बजेट नरोकिने गरी विकासका कामलाई पूर्णता दिने काम भइरहेको छ भन्नुभयो ।

by RSS | Apr 29
img
स्वास्थ्यचौकीमा औषधि अभाव

सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य भएका छन् । विगत ६ महीनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको चरम आभाव भएको हो ।

by RSS | Apr 29
img
अध्यक्ष मगरलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेशनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि विसं २०७४ मा मगर पुनः निर्वाचित हुनुभएको थियो ।

by RSS | Apr 29
img
बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न अआउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो ।

by RSS | Apr 29
img
गाँजा मुद्दाका फरार जेल चलान

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो । अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए ।

by RSS | Apr 29
img
सामुदायिक विकासका लागि रु सात करोड

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको व्यवस्था अनुरुप सो रकम उपलब्ध गराएको हो ।

by RSS | Apr 29
img
बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सजह सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो ।

by RSS | Apr 29
img
सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।

by RSS | Apr 29
img
राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् ।

by RSS | Apr 29
img
विद्यालय भवन पुनः निर्माण हँुदै

भूकम्पले क्षति पु¥याएको रामपुर नगरपालिका–६ स्थित नवदुर्गा माविको भवन चार वर्ष पछि पुनः निर्माण हँुदैछ । जिर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयमा भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत भवन निर्माणका लागि बजेट निकासा भएपछि निर्माण कार्य अगाडि बढाइएको हो । दुईतले चार कोठाको सो भवन निर्माणका लागि रु ७० लाख बजेट प्राप्त भएको छ ।

by RSS | Apr 29
img
सहजीकरणका लागि यातायात कार्यालयलाई पत्राचार

यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई आज पत्राचार गरेको हो ।

by RSS | Apr 29
img
भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ ।

by RSS | Apr 29
img
चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चियाखेती विस्तार गरिसकेको र क्रमशः सोलुखुम्बु र सङ्खुवासभालाई पनि समेट्दै लैजाने उद्देश्य रहेको जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।

by RSS | Apr 29
img
बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो ।

by RSS | Apr 29
img
अज्ञात रोगबाट परिवारनै बिरामी

उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।

by RSS | Apr 29