सबै समाचार

img
अध्यक्ष मगरलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगरले ‘इन्टरनेसनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि २०७४ सालमा मगर पुनः निर्वाचित हुनुभएको थियो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो । बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।

by RSS | Apr 29
img
जिपको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

by RSS | Apr 29
img
श्रमदानमा सामुदायिक भवन निर्माण

बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् । समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका–३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन् । आमा समूहमार्फत् श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले रु दुई लाख अनुदान दिएको थियो ।

by RSS | Apr 29
img
महिलाको हत्या, श्रीमान्सहित तीन पक्राउ

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

by RSS | Apr 29
img
आगलागीबाट सात लाखको क्षति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ ।

by RSS | Apr 29
img
गोयन्कालाई मातृशोक

कान्तिपुर पब्लिकेशन्सका संस्थापक प्रकाशक श्याम गोयन्कालाई मातृशोक परेको छ । उहाँकी माता शारदादेवीको श्वासप्रश्वाससम्बन्धी रोगका कारण ८१ वर्षका उमेरमा भारत, बम्बइमा देहान्त भएको छ । श्रीमती गोयन्का धार्मिक र निकै दयालु स्वभावकी हुनुहुन्थ्यो ।

by RSS | Apr 29
img
पाइपलाइन ओछ्याउने काम पाँच किमि बाँकी

दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।

by RSS | Apr 29
img
विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार

तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ ।

by RSS | Apr 29
img
बसको ठक्करले साइकलयात्रीको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

by RSS | Apr 29
img
युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति

झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो । कार्यालयमा १९ जनाको आवेदन परेको थियो ।

by RSS | Apr 29
img
चन्दका कार्यकर्ता पक्राउ

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
विपन्न महिलालाई अनुदान

शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
ताम्रपत्र अनावरण

चैनपुर नगरपालिका–३ स्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा लगाइएको ज्ञानमहायज्ञमा दान गर्नुहुने दाताको नाम ताम्रपत्रमा लेखन गरी पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहबाट आइतबार अनावरण गरिएको छ । कार्यक्रममा नेता सिंहले सत्यदेवीको दाहिने आँखा पतन भएको यस धार्मिक शक्तिपीठको समग्र विकासका लागि पुराणको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै ऐतिहासिक मन्दिरको संस्थागत विकास भएकोमा आफू हर्षित भएको बताउनुभयो ।

by RSS | Apr 29
img
कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।

by RSS | Apr 29
img
काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा मन्त्रालयले एक साताअघि गठन गरेको कार्यदलको सिफारिसका आधारमा जग्गाको कित्ता रोक्का गरिएको हो ।

by RSS | Apr 29
img
सार्वजनिक जग्गा अतिक्रमणप्रति ध्यानाकर्षण

नेपाल वातावरण पत्रकार समूह(नेफेज)ले सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेफेजले काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रिया प्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरिमा बनाइएको रिसोर्टलगायत अतिक्रममण र दोहन बारेमा ध्यानाकर्षण भएको जनाएको हो ।

by RSS | Apr 29
img
रानीपोखरी सफाइ

भक्तपुर नगरपालिकाले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीमा नेपाली सेनाको व्यारेकभित्र रहेको ऐतिहासिक रानीपोखरी परिसरको सरसफाइ गरेको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अगुवाईमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र नेपाली सेनाको संयुक्त टोलीले रानीपोखरीको सरसफाइ गरेको हो ।

by RSS | Apr 29
img
‘नर्सिङ कलेज’ भवनको शिलान्यास

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण हुन लागेको ‘नर्सिङ कलेज’ भवनको आज शिलान्यास गर्नुभएको छ । अस्पताल हाताभित्र उपप्रधानमन्त्री यादवले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास गर्नुभएको हो ।

by RSS | Apr 29