सबै समाचार

img
ब्याट्री पड्केर बालकको मृत्यु

मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

by RSS | Jan 11
img
सम्झौता अवधि सकिँदा बनेन पुल

आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन । यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको निर्माण अवधि गतवर्ष पुसमा सकिएको हो । तर दुबै पुलको काम नसकिएको मात्रै होइन, बाँकी कामले पनि अझै गति लिन सकेको छैन ।

by RSS | Jan 11
img
मानव बेचबिखनको समस्या

बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । 

by RSS | Jan 11
img
राष्ट्रनिर्माताको योगदानको स्मरण

मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि पुग्नुभएका तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायण शाहकै योगदानका कारण हामी अहिले विश्वमा नेपाल र नेपाली भनेर गौरव गर्न सकेका छाँै भन्नुभयो । 

by RSS | Jan 11
img
‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्षमा

उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो । 

by RSS | Jan 11
img
मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो ।

by RSS | Jan 11
img
घुम्ती शिविरमार्फत वडामै सेवा

रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट सेवासुविधा उपलब्ध गराउने उद्देश्यले पाखापानीस्थित ६ नं वडा कार्यालयमा बिहीबार घुम्ती शिविर सञ्चालन गरेको छ । शिविरबाट गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता

by RSS | Jan 11
img
सडकमा फोहर फाल्नेलाई जरिवाना

पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ ।

by RSS | Jan 11
img
गाउँमै नागरिकता र चिकित्सा सेवा

खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् ।

by RSS | Jan 11
img
मगर समुदायले दुई दिन ‘माघे सकराती’ मनाउने

मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाउने भएको हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘

by RSS | Jan 10
img
बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय

by RSS | Jan 10
img
प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । 

by RSS | Jan 10
img
एक थुनुवाको मृत्यु

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । 

by RSS | Jan 10
img
रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । 

by RSS | Jan 10
img
दादुरा खोप लगाउँदा बालकको मृत्यु

बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ ।

by RSS | Jan 10