सबै समाचार

img
सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्दलाई

by RSS | Dec 09
img
ओझेलमा देउराली गुफा

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो । सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ । वरपर डाँडैडाँडाले घेरिएको गुफाको अगाडिबाट सुसाउँदै सानीभेरी नदी बगिरहेको छ ।

by RSS | Dec 09
img
ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ ।

by RSS | Dec 09
img
जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ । सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार

by RSS | Dec 09
img
यो हफ्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ मंसिर २३– २९ गते सम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Dec 09
img
सामुदायिक वनको काठ दुरुपयोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामुदायिक वनको काठ दुरुपयोग गरी बेचेको अभियोगमा रु एक लाख चार हजार १३६ बराबरको बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

by RSS | Dec 07
img
महानगरको फोहरले सिर्सिया खोलाको मुहान थुनिँदै

वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ । अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ ।

by RSS | Dec 07
img
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो ।

by RSS | Dec 07
img
चितवनमा ४३ करोडको तटबन्धन

चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो । आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु आठ करोड, कयर खोलामा रु १५ करोड राप्ती

by RSS | Dec 07
img
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् । नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको जानकारी दिनुभयो ।

by RSS | Dec 07
img
पोर्चुगलमा विश्व शान्तिको कामनासहित महायज्ञ

विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो । विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिनुभयो ।

by RSS | Dec 07
img
साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु–याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्या–एको थियो ।

by RSS | Dec 07
img
सीमामा सधैँ किचलो

नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प–यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–भारत संयुक्त सर्वे टिमले सिमा विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

by RSS | Dec 07
img
आलेख : कुश्मामा छन् ६ रोमाञ्चक पुुल !

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ ।

by RSS | Dec 06
img
प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव

by RSS | Dec 06
img
न्यूनतम तापक्रम घट्यो : अझै चिसो बढ्ने

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ ।

by RSS | Dec 06
img
सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचेको खण्डमा कार्यवाही गरिने चेतावनी दिँदै आइरहेका छन् ।

by RSS | Dec 06
img
नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताउनुभयो । श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो ।

by RSS | Dec 06
img
शान्तिभूमिले तान्यो चित्रकारको ध्यान

मायादेवीको मन्दिर देख्ने बित्तिकै पोखराका चित्रकार मनोज तामाङको मन त्यसतर्फ आकर्षित भयो । उहाँले लुम्बिनीस्थित बुद्धको जन्मस्थलसहित मन्दिर चित्रमा नउतारी बस्न सक्नुभएन । आज बिहानै उहाँले मन्दिर छेवैमा बसेर मायादेवी मन्दिरसहित अशोक स्तम्भमा जलरङ्गले दुरुस्तै पार्नुभयो । चित्रमा झक्तजनसहित बौद्ध अनुयायी र पर्यटकलाई समेत चित्रकार तामाङले समेट्नुभएको छ ।

by RSS | Dec 06
img
जटिल बन्दै सुकुम्वासी समस्या

विभिन्न समयमा राज्यले सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्वासीको समस्या जटिल बन्दै गएको छ । पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको जग्गाको महत्व बढ्दै गएकाले केही व्यक्तिले आप्mनो जग्गा भएको जिकिरसहित बस्ती हटाउने प्रयास शुरु गरेका छन् ।

by RSS | Dec 06