सबै समाचार

img
दलितलाई राहत

छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् ।आइतबार बौद्ध भिक्षुहरूले सञ्चालन गरेका आशा र चुनौती नामक संस्थाले उक्त बस्तीको रामनगर, पलार, टोकाटोल र वनराथारुटोलमै पुगेर २०७ दलित परिवारलाई प्रतिपरिवार ३० किलो चामलको बोरा र एक/एकवटा ओेढ्ने कम्बल प्रदान गरेको हो । 

by RSS | Nov 12
img
अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति

मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिनुभयो ।

by RSS | Nov 12
img
किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

by RSS | Nov 12
img
बस दुर्घटनामा पच्चिस घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । 

by RSS | Nov 12
img
बालिका मृत फेला

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । 

by RSS | Nov 12
img
देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक सेवामा

तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित रु ५९ हजार ८४०रकममध्ये रु ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२स्थित उक्त समाजमा रहेका पाँच वृद्धवृद्धालाई न्यानो कपडाका साथै कार्यालय व्यवस्थापनका लागि कम्प्युटर उपलब्ध गराइएको देउसी–भैलोको नेतृत्वकर्ता तुलसीपुरमा स्थायी घर भई हाल

by RSS | Nov 12
img
ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर हिजो साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ ।

by RSS | Nov 12