सबै समाचार

img
नौ स्थानमा तत्काल आकाशे पुल आवश्यक

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो

by RSS | Mar 28
img
जैविक फोहरबाट बायोग्यास उत्पादन

पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभँैसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो । फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ ।

by RSS | Mar 28
img
अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कक्ष

जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो । जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको छ ।

by RSS | Mar 28
img
पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् ।

by RSS | Mar 28
img
औषधि छ तर स्वास्थ्यकर्मी छैन

जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ । 

by RSS | Mar 28
img
छ अस्पताल तयारी अवस्थामा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । साथै निजी क्षेत्रका अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन तथा विपद् व्यवस्थापन

by RSS | Mar 28
img
भाइरल ज्वरोको सङ्क्रमण

मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ ।

by RSS | Mar 27
img
सखुवाको काठ बरामद

डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय,

by RSS | Mar 27
img
मिथेन ग्यास उत्खनन गरिँदै

पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । 

by RSS | Mar 27
img
शशीको योगदानबारे चर्चा

नेपाल भाषा तथा नेपाली भाषाको माध्यमबाट साहित्य सिर्जनामा योगदान गर्नुभएका व्यक्तित्व वासु शशीको ८३ औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वक्ताले शशी साहित्य क्षेत्रका स्वाभिमानी व्यक्ति भएको धारणा राख्नुभयो । विसं १९९३ मा पशुपतिमा जन्मनुभएका सुप्रसिद्ध कवि तथा नाटककार शशीको २५ भन्दाबढी कविता सङ्ग्रह, खण्डकाव्य, गीति सङ्ग्रह, मुक्तक सङ्ग्रह, नाटक, उपन्यास, अनुवाद कृति प्रकाशित छन् । 

by RSS | Mar 27
img
घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।

by RSS | Mar 27
img
पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु

टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ ।

by Anu Rana | Mar 26
img
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छन भने ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

by Anu Rana | Mar 26
img
सिद्धार्थ राजमार्ग विस्तार शुरु

बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने भएको छ । सडक विस्तारको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक योजनाले बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको विस्तारको काम पहिलेकै ८२ फिट मापदण्ड कायम गरेर अघि बढाउने भएको छ । 

by RSS | Mar 26
img
चट्याङ लागेर दुई घाइते

आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

by RSS | Mar 26
img
आँखा बैंक सञ्चालन गर्न रु डेढ करोड दान

नेपाल नेत्रज्योति सङ्घ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–१२ निवासी भीमराज पाठकले नानी प्रत्यारोपण तथा सङ्कलन सेवा केन्द्रका लागि सहयोगस्वरुप उक्त रकम प्रदान गर्नुभएको हो ।

by RSS | Mar 26
img
मौसममा बदली, वर्षाको सम्भावना

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ ।

by RSS | Mar 26
img
बालिका एघार दिनदेखि बेपत्ता

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय

by RSS | Mar 26
img
एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग

इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थियो ।

by RSS | Mar 26
img
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ ।

by RSS | Mar 26