सबै समाचार

img
पुनःनिर्माणका लागि नब्बे हजार क्युफिट काठ वितरण

टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो ।

by RSS | May 16
img
बालिका बेपत्ता

एक महीनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

by RSS | May 16
img
–जनक श्रेष्ठ खानेपानी अभावले उपभोक्तापीडित जनक श्रेष्ठ

बेंसीशहर नगरपालिकामा खानेपानी अभावले उपभोक्ता पीडित भएका छन् । खानेपानीको मुहान सुक्दै गएकाले बेंसीशहरमा दुई महीनाअघिदेखि खानेपानीको अभाव हुँदै आएको हो । खानेपानीको अभावले यहाँका होटल, व्यवसाय, बालगृह, मानवसेवा आश्रम र विभिन्न अस्पतालदेखि स्थानीयवासीसमेत समस्यामा परेका छन् । बेंसीशहरका बासिन्दाले पनि पर्याप्त धाराको पानी उपभोग गर्न पाएका छैनन् ।

by RSS | May 16
img
वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । करीब एक महीना पहिले यहाँका वनमा एकाएक आगलागी हुँदा यहाँका सयौँ हेक्टर वन सखाप भएको बताइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरी करीब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ ।

by RSS | May 16
img
साक्षरता अभियान प्रभावकारी बन्दै

जिल्ला शिक्षा विकास समन्वय एकाइले साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । बाजुराका नौ वटै स्थानीय तहसँगको सहकार्यमा अभियान प्रत्येक वडा र टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेका छन् । आगामी असारभित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित अभियानका गतिविधिलाई तीव्रता दिएको शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले जानकारी दिनुभएको छ ।

by RSS | May 16
img
गलैँचा कारखानामा आगलागी

ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागी झण्डै दुई घण्टामा नियन्त्रणमा आएको छ । साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो । आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताउनुभयो ।

by RSS | May 16
img
दौत्य सम्बन्धको साठी वर्ष

नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष प्रवेशका अवसरमा आज साँझ राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरियो । नयाँदिल्लीस्थित इटालीको राजदूतावास, कोलकातास्थित सोही देशको वाणिज्य दूतावास र यहाँस्थित इटालीको अवैतनिक वाणिज्यदूतले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा इटालीका विश्वविख्यात कलाकार माइष्ट्रो डोमेनिक नर्डिओले विविध प्रस्तुति पस्कनुभएको थियो ।

by RSS | May 16
img
पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी

यही जेठ ४ गतेदेखि ८ गतेसम्म नुवाकोटको रानीपौवा बजारमा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी २०७६ हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी नुवाकोट, रसुवा, काठमाडौँ र धादिङका स्थानीहरुले उत्पादन गरेका कृषि सामग्री प्रदर्शनीमा राखिने जानकारी गराएको छ ।

by RSS | May 16
img
उद्गमस्थल वाग्द्वारमा वाग्मती तीर्थयात्री समूह

वाग्मती तीर्थयात्रीको समूह आज १९ तीर्थको भ्रमण गर्दै वाग्मतीको उद्गमस्थल वाग्द्वारमा पुगेको छ । बिहान ७ बजे सुन्दरीजलबाट शुरु भएको यात्रा गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र पार गर्दै १९ तीर्थमा स्नान, पूजा र दर्शन गर्दै दिउँसो वाग्द्वार पुगेको हो । तीर्थमा यज्ञसहित १९ पार्थिव लिङ्ग पूजनसमेत गरिएको थियो ।

by RSS | May 16
img
पहिरो रोक्ने काम वर्षात अगाडि नहुने

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भाँसिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकका सात ठाउँ पहिरोका दृष्टिले उच्च जोखिममा रहेका छन् ।

by RSS | May 16
img
छोरीको ज्यान गएपछि न्याय माग्दै बुबा

सर्लाहीकी ५ वर्षीया आकृतिकुमारी साहका बुबा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै उच्चस्तरीय छानबिन गरी न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ । गत वैशाख २३ गते गौरैता नगरपालिका–१० सिसौटियाकी आकृतिकुमारीको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको थियो ।

by RSS | May 16
img
खानेपानीको पाइप काटियो

नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो । कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टुक्रा पारी जताततै फालिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि रु एक लाख लगानी गरेको थियो ।

by RSS | May 16
img
आपराधिक घटनाका सूचना दाता असुरक्षित

नेपाल प्रहरीलाई समाजमा भइरहेको आपराधिक घटनाको सूचना दिँदा दुःख खेप्नुपरेकाले सूचनादाताको नाम र मोबाइल नं गोप्य राख्ने व्यवस्था मिलाउन गोकर्णेश्वर नगरवासीले अनुरोध गरेका छन् ।

by RSS | May 16
img
चापागाउँमा यातायात सेवा बन्द

चापागाउँमा ६ दिनदेखि यातायात सेवा बन्द छ । स्थानीयवासीले सडक मर्मतको माग गर्दै सो यातायात सेवा बन्द गराएका हुन् । सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् ।

by RSS | May 16
img
तरकारी खेतीबाट छोराछोरीको पढाइ – शेरबहादुर सिंह

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाकी फूलमति चौधरीले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेको १२ वर्ष भयो । चौधरी थारुको बाहुल्यता रहेको बालुवाफाँटामा फूलमति जस्तै करीब दुई सय महिलाले व्यावसायिक तरकारीखेती गरेर गाउँनै हराभरा बनाएका छन् । “यहाँ रहेका घरमा पाँच कठ्ठादेखि एक बिघासम्म तरकारीखेती गरिएको छ”‘तरकारी बारीमै भेटिनुभएकी चौधरीले भन्नुभयो, “मेहनत गरे अनुसारको फल मिलकै छ ।”

by RSS | May 16
img
केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।

by RSS | May 16
img
मदन भण्डारीको लाश भेटाउँदा जागीरको आशा लागेको थियो

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ ।

by RSS | May 16
img
तरकारीमा विषादी

बढी उत्पादनका साथै कीरा र रोगबाट बचाउन भन्दै यहाँका किसानले तरकारीबालीमा विषादीको प्रयोग बढाउँदै लगेका छन् । मानव शरीररमा पर्नसक्ने असरबारे ज्ञान नहुँदा तरकारीमा यहाँका किसानले आवश्यकभन्दा बढी र कडा खालको विषादी प्रयोग गर्दै आइरहेका छन् ।

by RSS | May 16
img
सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो । भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।

by RSS | May 16
img
खानेपानीमा कोलिर्फम

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीमा दिसामा हुने कीटाणु ‘कोलिर्फम’ भेटिएको छ । अमरगढी नगरपालिकाभित्रका १० खानेपानी आयोजनाको पानी जाँच गर्दा अधिकांशमा कोलिर्पmमको मात्रा अत्यधिक रहेको पाइएको हो । सबैभन्दा बढी अमरगढी नगरपालिका–१ स्थित स्याउलेको खानेपानीमा र सबैभन्दा कम सदरमुकाममा कोलिर्फम भेटिएको खानेपानी विभागद्वारा सञ्चालित प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

by RSS | May 16