सबै समाचार

img
भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । 

by RSS | Dec 05
img
दुर्घटना गरी भाग्ने पक्राउ

सवारी दुर्घटना गराएर भाग्ने एक चालकलाई प्रहरी सिसिटिभी क्यामेराको सहयोगमा हिजो पक्राउ गरिएको छ । यही मङ्सिर १२ गते बिहान चार बजे टेकुमा दुर्घटना गराएर भाग्ने बनेपा–५ का कुमार श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । टेकुमा भएको सडक दुर्घटनामा कञ्चनपुर भीमदत्तनगर–१८ का जीवन सिंह घाइते हुनुभएको थियो । 

by RSS | Dec 05
img
रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) र पीठ पूजा(पछाडिको पूजा) को साइत ज्योतिषले निकालेका

by RSS | Dec 04
img
प्रतिष्ठानले पूर्णता नपाउँदा प्राज्ञिक काम प्रभावित

मुलुुकको महत्वपूर्ण प्राज्ञिक निकाय नेपाल प्रज्ञा– प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काम प्रभावित भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पदाधिकारी रिक्त भएको एक महीनापछि गत असोज २१ मा कुलपति र सदस्य सचिवको नियुक्ति गरे पनि उपकुलपतिलगायत प्राज्ञसभा सदस्य, प्राज्ञ परिषद् सदस्य र प्रतिष्ठानको सेवा आयोग रिक्त छ ।

by RSS | Dec 04
img
प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ । कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण

by RSS | Dec 04
img
जथाभावी हर्न बजाउने कारबाहीमा

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिनुभयो । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही गरिएको छ ।

by RSS | Dec 04
img
काबुलमा ९ जना नेपाली तालिबानको आक्रमणमा परी घाइते

विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्।

by Anu Rana | Dec 04
img
मलेसियाले अध्यागमन नियममा थप कडाई

मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । मलेसियाले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुन: प्रवेशमा रोक लगाएको छ, भने मलेसियाअध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गर्दै बसेको र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भाई लुकेर बसेको विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

by Anu Rana | Dec 04
img
भालुको आक्रमणबाट दुई जना घाइते

भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिनुभयो । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ ।

by RSS | Dec 04
img
जोमसोम अस्पतालमा बिक्रीकक्ष

सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए । उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

by RSS | Dec 04
img
महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो । सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिनुभयो ।

by RSS | Dec 04
img
फरार चालक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो ।

by RSS | Dec 04
img
दुर्घटनामा युवकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु

by RSS | Dec 04
img
लागुऔषधसहित तीन युवक पक्राउ

भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् ।

by RSS | Dec 04
img
यात्रुसँग मनोमानी भाडा असुली

ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो ।

by RSS | Dec 04
img
दुर्घटनामा एक जनाको मृत्यु

तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

by RSS | Dec 04
img
अक्षयकोषलाई रु सत्र लाख सहयोग

विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गर्नुभयो ।

by RSS | Dec 04
img
पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको हिजो बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न सकिनेछ ।

by RSS | Dec 04
img
‘दो फूल’ खाने तेल र ‘डिजे’बाजा प्रतिबन्ध

महोत्तरी जिल्लामा आइतबारदेखि ‘दो फूल’ नामक भारतीय कम्पनीको खाने तेल बिक्री वितरणमा र ठूलो आवाजको ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध लगाइएको छ ।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेल र ठूलो आवाजको डिजे बाजामा आइतबारदेखि प्रतिबन्ध लगाएको हो । 

by RSS | Dec 03
img
माछाको पेटमा ६ किलो प्लास्टिक

समुद्रमा प्रदूषण कतिसम्म रहेछ भन्ने उदाहरण इन्डोनेसियामा देखिएको छ ।इन्डानेसियाको कपोता टापुको वाकातोवी राष्ट्रिय निकुञ्जमा फेला परेको एउटा मृत ह्वेलको पेटमा ६ किलो प्लास्टिक भेटिएको छ ।

by Anu Rana | Dec 03