सबै समाचार

img
एक सातादेखि टेलिफोन अवरुद्ध

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । 

by RSS | Feb 17
img
छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् ।

by RSS | Feb 17
img
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । 

by RSS | Feb 17
img
कला साहित्य उत्सव फागुन १८ देखि

रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ। उत्सवमा १४ वटा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज, फोटो प्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।

by Anu Rana | Feb 17
img
पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो । ‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ । 

by RSS | Feb 15
img
मौसम बदली : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।

by RSS | Feb 15
img
लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन् ।

by RSS | Feb 15
img
चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । 

by RSS | Feb 15
img
परिवार योजना सम्मेलन चैत ४ देखि

“परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने ” भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिव दुईसय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष(युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजना हुने

by RSS | Feb 15
img
सौन्र्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ

जनप्रतिनिधिले कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानको मागप्रति समर्थन जनाएका छन् । वाग्मतीपीडित सङ्घर्ष समितिले आज जोरपाटीमा आयोजना गरेको अन्तक्र्रियामा जनप्रतिनिधिले समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानको पक्षमा न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईले वाग्मती आयोजनाको नाममा पीडित किसानको पक्षमा वर्षौंदेखि

by RSS | Feb 15
img
प्रेस युनियन र आइएलओबीच छलफल

नेपाल प्रेस युनियन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) प्रतिनिधिबीच आप्रवासन नेपाली कामदारका चुनौती समाधान सम्बन्धमा छलफल भएको छ । युनियन केन्द्रीय कार्यालयमा आज आइएलओका प्रतिनिधि र युनियन पदाधिकारीबीच छलफल भएको थियो । सो अवसरमा आइएलओ जेनेभाकी प्राविधिक अधिकृत लू टेसिएरले नेपालमा वैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न एक शैक्षिक सामग्रीको आवश्यकता रहेको बताउनुुभयो । 

by RSS | Feb 14
img
दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो ।

by RSS | Feb 14
img
‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढाउँदै यातायात व्यवस्था विभाग

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

by RSS | Feb 14
img
१८ किलो सुन बरामद

कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक

by RSS | Feb 14
img
जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु :प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो । 

by RSS | Feb 14
img
सडक दुर्घटनामा वृद्धि

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत र जेब्राक्रसिङ नहुदाँ सडक दुर्घटनामा वृद्धि भएको छ । सडकको दुवै छेउमा र बीचमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्रा क्रसिङ्ग चिन्ह् नदिदाँ सवारी दुर्घटना बढ्दै गएको हो । सडकको मर्मत गरिएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वको कोशी ब्यारेजदेखि पश्चिमको कमलासम्म मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्रसिङ चिन्ह्

by RSS | Feb 14
img
८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् । अतिक्रमित जमीनलाई खाली गराउने काम भइरहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी गोपालदत्त जोशीले जानकारी दिनुभयो । कार्यालयले उपलब्ध गराएको विवरणअनुसार जिल्लाभर अतिक्रमण

by RSS | Feb 14
img
‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । 

by RSS | Feb 14
img
बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो । जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन

by RSS | Feb 14