सबै समाचार

img
छ मोटरसाइकलमा आगजनी

दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् ।

by RSS | Dec 03
img
पाल्पा–बुटवल सडक छ घण्टा बन्द

पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो ।

by RSS | Dec 03
img
जलवायु सम्मेलन शुरू, समस्याबारे तत्काल महत्वपूर्ण कदम चाल्न सुझाब

विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । 

by RSS | Dec 03
img
इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले एएफपीलाई बताउनुभयो । 

by RSS | Dec 03
img
कोदो फलाए पुरस्कार दिइने

कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

by RSS | Dec 03
img
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा

by RSS | Dec 03
img
लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

रामपुर नगरपालिका–५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो । उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट रु पाँच लाख विनियोजित रकममध्ये रु तीन लाख ६४ हजार ४०० प्राविधिकको लागत इष्टमेट

by RSS | Dec 03
img
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा रु पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेष्ट हाउसबाट १६ थान कौडासहित पक्राउ गरिएको हो । 

by RSS | Dec 03
img
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।

by RSS | Dec 03
img
सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या

विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको हो । स्थानीय तहका केन्द्रमा सडक नपुग्दा सेवा प्रवाहमा असहजता भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

by RSS | Dec 03
img
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो । 

by RSS | Dec 03
img
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।

by RSS | Dec 03
img
हिन्दू सम्मेलन सम्पन्न

विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो । सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह)

by RSS | Dec 03
img
एड्सबाट आठको मृत्यु

एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् ।

by RSS | Dec 02
img
निर्मलाको न्यायका लागि टाँसिएका तस्वीर च्यातिए !

‘विदेश जान चाहनुहुन्छ ? त्यसो हो भने हामीलाई सम्झनुहोस्’ लेखिएको पोस्टर चिप्लेढुंगा-महेन्द्रपुल सडक छेउका अधिकांश बिजुलीका पोलमा छन् । अर्को पोलमा बैदेशिक अध्ययनमा जानेका लागि आयोजना गरिएको सेमिनारकोे विज्ञापनिक पोस्टर छ । सँगै अर्को बिजुलीको पोलमा ‘जाने हैन त अमेरिका ? ईडीभी खुल्यो’ लेखिएको बोर्ड टाँगिएको छ ।

by RSS | Dec 02
img
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित

by RSS | Dec 02
img
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

by RSS | Dec 02
img
१६८ परिवारलाई राहत सहयोग

बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो ।

by RSS | Dec 02
img
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

by RSS | Dec 02
img
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ । शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । 

by RSS | Dec 02