सबै समाचार

img
यो हप्ताको साप्ताहिक राशीफल

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ २०७५ मंसिर १६–२२ गतेसम्मको साप्ताहिक राशिफल)

by Anu Rana | Dec 02
img
अलास्कामा ७.० रेक्टर भूकम्प, सुनामीको चेतावनी

अलास्काको दक्षिणी केनाई प्रायद्वीपमा शुक्रबार बिहान ७ ।० तीव्रताको शक्तिशाली भूकम्प गएको केही समयपछिको ५ ।७ म्याग्निच्युडको भूकम्पको कारण हाइवे फाटिएका छन् । उक्त शक्तिशाली भूकम्पका कारण ३ लाख भन्दा बढी मानिस विस्थापित भएको बताइएको छन्।

by Anu Rana | Dec 02
img
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका

by RSS | Dec 02
img
खरको छानामा आगो नलाग्ने प्रविधिको विकास

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । 

by RSS | Nov 30
img
एक्काइस वर्षसम्म पनि बलेन बिजुली

बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन । विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाड्नुभएको थियो । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ ।

by RSS | Nov 30
img
कार ठक्करबाट गम्भीर दुवैको अवस्था खतरामुक्त

सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ । बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३.१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए ।

by RSS | Nov 30
img
बेनी–जोमसोम सडक स्तरोन्नति प्रगति न्यून

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून छ । प्रतिकूल भूगोल, प्राकृतिक विपद्, सवारी साधनको चाप, निर्माण व्यवसायीले पर्याप्तमात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेका कारण कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम खण्डको भौतिक प्रगति न्यून भएको हो ।

by RSS | Nov 30
img
जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको

by RSS | Nov 30
img
लागुऔषधसहित दुई भारतीय पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।

by RSS | Nov 30
img
जीर्ण भयो बेली ब्रिज

राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल परेकाले जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकहरूले बताउँदै आएका छन् । पुल निर्माणपछि मर्मत र सम्भार नगरिँदा स्टिल प्लेट उप्किएर लथालिङ्ग बनेको स्थानीयवासी खिमबहादुर ओलीको भनाइ छ । 

by RSS | Nov 30
img
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक

by RSS | Nov 30
img
ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो ।

by RSS | Nov 30
img
आगलागीबाट पाँच लाखको क्षति

गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब रु पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ । रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै घटनास्थाल पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

by RSS | Nov 30
img
तलबमा विवाद हुँदा बालकको अपहरणपछि हत्या

तलबका बारेमा विवाद हुँदा आफ्नै सवारी चालकले काठमाडौँ गोङ्गबुका एक बालकको अपहरणपछि हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहका अनुसार

by RSS | Nov 30
img
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको

by RSS | Nov 29
img
पर्यापर्यटन प्रवद्र्धनमा निकुञ्जको सहयोग

वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रवद्र्धन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रअन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका बासिन्दालाई सहयोग सामग्री उपलब्ध गराएको छ । सो क्षेत्रका चौध समूहलाई ग्यास सिलिण्डरसहितको चुलो, पानी शुद्धीकरण गर्ने उपकरण र विद्यालयमा फोहर सङ्कलन गर्ने सामग्री निकुञ्जले हस्तान्तरण गरेको हो ।

by RSS | Nov 29
img
ह्विलचियर हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष विजया भट्टको पहलमा आर्थिक सङ्कलन गरी १२ वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको हो । बिरामीको सेवामा अलिकति भए पनि सहयोग पुगोस् भन्ने हेतुले ह्विलचियर प्रदान

by RSS | Nov 29
img
हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्

माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् । उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताउनुभयो ।

by RSS | Nov 29
img
एघार महीनामा २६ बलात्कृत

जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या,

by RSS | Nov 29
img
नेर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई थप सहयोग गर्ने

नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय सेवामा सहयोग गरेको ३३ वर्ष पूरा भएको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा र नर्वेली रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलबीच द्विपक्षीय साझेदारीसम्बन्धी सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर भएको छ । 

by RSS | Nov 28