खेलकुद

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

by RSS | May 21
img
एभरेष्ट म्याराथन दोस्रो सातामा

हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ । यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ ।

by RSS | May 16
img
मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता भोलिदेखि

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले बताउनुभयो ।

by RSS | May 16
img
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ ।

by RSS | May 16
img
पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने

विभिन्न क्षेत्रमा काम गरिरहेका कुकको प्रतीभा पहिचान र प्रष्फुटन गर्ने मुख्य उद्देश्यले नेपालमै पहिलोपटक राष्ट्रिय पाककला प्रतियोगिता–२०७६ को हुने भएको छ ।

by RSS | May 16
img
महायज्ञमा रु २ करोड सङ्कलन

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला सिलुवामा भएको नवाह श्रीमद्भागवत कथा ज्ञानमहायज्ञमा करीब रु दुई करोड सङ्कलन भएको छ । यज्ञमा सांसद दलबहादुर राना, प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले आगामी आर्थिक वर्षमा केन्द्र तथा प्रदेश सरकारबाट समायोजन हुने गरी रु ७० लाख विद्यालयको भौतिक निर्माणका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

by RSS | May 15
img
मेयर कप बुद्धिचाल जेठमा

काठमाडौँ महानगरपालिका–२४ को आयोजना तथा मखन चेस क्लबको व्यवस्थापनमा पहिलो संस्करणको मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी जेठ ३ देखि ५ गतेसम्म हुने उक्त प्रतियोगितामा बाह्र वर्षमुनी (यू–१२) को छात्र तथा छात्रा र यू १६ बुद्धिचाल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

by RSS | May 15
img
चार जिल्ला क्रिकेट सङ्घको निर्वाचन जेठमा

चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् । निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।

by RSS | May 14
img
राष्ट्रियबीच भलिबल जेठमा

नेपाल भलिबल सङ्घको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी जेठमा हुने भएको छ । उक्त प्रतियोगिता आगमी जेठ २३ देखि २५ गतेसम्म पोखरामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

by RSS | May 13
img
फुर्सदिला विद्यार्थीबीच म्याराथुन

एसइई परीक्षा दिएर बसेका विद्यार्थीबीच खुला म्याराथुन प्रतियोगिता हुने भएको छ । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले देशभरका फुर्सदिला विद्यार्थीका लागि खुला म्याराथुन प्रतियोगिताको तयारी गरेको हो । ‘किल एडिक्सन, स्टे हेल्थी’को नारासहित आयोजना गर्न लागिएको सो प्रतियोगिता आगामी जेठ ३२ गतेदेखि बनेपामा सञ्चालन हुने प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

by RSS | May 13
img
फलेवासमा प्रथम मेयरकप

फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकूद कार्यक्रम आजदेखि फलेवासको माझीगाउँ चौर खेल मैदानमा शुरु भएको छ । ‘खेलकूद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ वैशाख २७ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।

by RSS | May 12
img
खुला बुद्धिचाल प्रतियोगिता शुरु

प्रथम नुवाकोट खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । विदुर नगरपालिकाको सहयोग र नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा देशभरका ३७ खेलाडीको सहभागिता रहेको छ । पहिलो हुने खेलाडीले रु १५ हजार, दोस्रोले रु १० हजार, तेस्रोले रु सात हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुनेले रु तीन हजार पुरस्कार पाउनेछन् ।

by RSS | May 12
img
पाथीभरा भलिबलको उपाधि पुलिसलाई

आज सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । साविक विजेता पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५–१७, २५–१३ र २५–१९ अङ्कको जित निकालेको हो ।

by RSS | May 10
img
सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

by RSS | May 10
img
चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ । सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ ।

by RSS | May 09
img
मुख्यमन्त्री रनिङ शिल्डमा रुपन्देही प्रथम

सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले आयोजना गरेको मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रुपन्देही प्रथम भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, पाँच रजत र तीन कास्य पदकसहित रुपन्देहीले रु एक लाख, शिल्ड र ट्रफी जित्यो । तीन स्वर्ण र आठ कास्यसहित दाङले द्वितीय हुँदै रु ७० हजार पुरस्कार प्राप्त ग¥यो ।

by RSS | May 09
img
आगलागीमा रु ६४ लाख क्षति

चाँगुनारायण नगरपालिका–९ स्थित गोर्खा इको प्यानलमा आज आगलागी भएको छ । आगलागीबाट रु ६४ लाख ७२ हजार ५०० बराबर क्षति भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उद्योगी कृष्णभक्त दुवालसहितका व्यवसायीले सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलमा भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको पहलमा नियन्त्रणमा आएको हो ।

by RSS | May 08
img
बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो ।

by RSS | May 08
img
भरतपुर गोल्डकप शुरु

सिएमएस भरतपुर गोल्डकप–२०७६ आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको विकासका लागि सरकार योजनाबद्ध तवरले अघि बढेको बताउनुभयो ।

by RSS | May 08
img
नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आज नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ । श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो ।

by RSS | May 08