खेलकुद

img
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

by RSS | May 08
img
नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले स्वीकार गरेको एन्फाले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

by RSS | May 08
img
कुस्तीमा सुदूरपश्चिमको सफलता

दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए । विसं २०५८ मा भएको जुनियर राष्ट्रिय फुटबलसमेत खेलेका चन्दले कुनै घटना विशेषले उहाँलाई कुस्तीतर्फ डो¥यायो ।

by RSS | May 08
img
¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

by RSS | May 07
img
नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो ।

by RSS | May 05
img
आइसिसी वरियतामा नेपालको सुधार

आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औँ स्थानमा थियो ।

by RSS | May 03
img
नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

by RSS | May 03
img
राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

by RSS | May 02
img
राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।

by RSS | May 02
img
‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

by RSS | May 02
img
कर्णाली क्लबलाई सहयोग

रुट्स फेसन प्रालि (रुबेल्स स्टोर) ले कीर्तिमानी धावक हरिबाहदुर रोकायाद्वारा सञ्चालित कर्णाली स्पोर्ट्स क्लबलाई आज रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको छ । प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा निर्देशक राजीव श्रेष्ठले कीर्तिमानी धावक रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

by RSS | Apr 30
img
मेयरकप भलिबल प्रतियोगिता

पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले व्यक्ति शिक्षित भएपछि मात्रै समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले मङ्गलसेन नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकूदले शारीरिक, मानसिक रुपमा फाइदा हुने धारणा व्यक्त गर्नुभयो ।

by RSS | Apr 30
img
खुल्ला फुटबल प्रतियोगिता हुने

बनेपा ब्वाइज् क्लब (बिबिसी)को आयोजनामा यही वैशाख २० गतेदेखि बनेपामा ‘बिबिसी कप नाइन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । बनेपामा आज पत्रकार सम्मेलन गरी नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
सिटिजन्स बैंक खुला टेनिस शुरु

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए ।

by RSS | Apr 28
img
अन्तर्राष्ट्रिय ब्याडमिन्टन ः नेपालका प्रिन्स फाइनलमा

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा मा प्रवेश गरेका छन् । गए राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भरतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए ।

by RSS | Apr 28
img
थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए ।

by RSS | Apr 25
img
अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।

by RSS | Apr 25
img
बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडको लागि करिम बेन्जिमाले तीन गोल गरेका थिए ।

by Anu Rana | Apr 25
img
खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपालगञ्जस्थित नेपालगञ्ज रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।”

by RSS | Apr 25