खेलकुद

img
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

by RSS | Apr 24
img
जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे

सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् । यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन ।

by RSS | Apr 24
img
आठौँ खेलकूद ः नेपाली खेलकूदको युग परिवर्तन

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो ।

by RSS | Apr 24
img
२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

by RSS | Apr 24
img
आठौँ राष्ट्रिय खेलकूद ः फुटबलप्रति दर्शकको आकर्षण

नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए । वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो

by RSS | Apr 23
img
आठौँ राष्ट्रिय खेलकूद ः आर्मीको अग्रता कायमै

प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ ।

by RSS | Apr 23
img
ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

by RSS | Apr 23
img
म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा भएको म्याराथनमा पुरुषतर्फ आर्मीका कृष्ण बस्नेत र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले स्वर्ण जितेका छन् । दाङको बेलझुण्डीमा भएको ४२ दशमलव १९५ किलोमिटरको म्याराथन दौडमा कृष्णले निर्धारित दूरी २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरे । कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक पाए ।

by RSS | Apr 23
img
अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु

अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो । अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका २२१ जना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

by RSS | Apr 22
img
आठौँ राष्ट्रिय खेलकूद ः तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् ।

by RSS | Apr 22
img
पुरुष क्रिकेट ः एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ले कर्णाली प्रदेशलाई ५० रनले हरायो । कर्णालीले टस जितेर फिल्ड रोजेपछि प्रदेश १ ले निर्धारित २० ओभरमा १२३ रन बनायो ।

by RSS | Apr 22
img
एथलेटिक्समा सन्तोषीको कीर्तिमान

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् ।

by RSS | Apr 22
img
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो । प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो ।

by RSS | Apr 15
img
आठौँ राष्ट्रिय बास्केट बल प्रतियोगिता शुरु

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत राष्ट्रिय बास्केट बल प्रतियोगिता आजदेखि दाङमा शुरु भएको छ । घोराही उपमहानगरपालिका–१८ नवपुरको सालघारी बास्केट बलको खेलकूद मैदानमा प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गर्नुभयो । प्रतियोगितको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासले युवालाई हौसलासँगै देशको पहिचान बढाउने काम गरेको बताउनुभयो ।

by RSS | Apr 11
img
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले जनाएको छ ।

by RSS | Apr 10
img
आठौँ खेलकूदलाई गर्मीको चुनौती

पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ ।

by RSS | Apr 09
img
प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

स् प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं। ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

by RSS | Apr 08
img
मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप हुने

‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ । फिटनेस फस्र्ट क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिनुभयो ।

by RSS | Apr 07
img
फिफा वरियतामा नेपाल यथावत्

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ ।

by RSS | Apr 04
img
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेभएको छ । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

by RSS | Apr 04