खेलकुद

img
डियाजको डेब्यू खेलमा रियल मड्रिडको जित

कोपा डेल रे फुटबलको बिहीबार बिहान घरेलु मैदानमा खेलिएको खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। घरेलु लिग स्पेनिस ला लिगामा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियलले कोपा डेल रेको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा लेगानेसलाई ३-० गोलले पराजित गरेको हो।

by Anu Rana | Jan 11
img
राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड विजयी

न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले चितवन टाइग्रेसलाई पराजित गर्दै विजयी भएको छ । न्यू डायमण्ड एकेडेमीको कोर्टमा आज भएको उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले

by RSS | Jan 09
img
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।

by RSS | Jan 09
img
सिरिज जित्दै भारतलाई ७१ वर्षमा अस्ट्रेलियामा पहिलो सफलता

टेस्ट क्रिकेटमा भारतले ऐतिहासिक सफलता हात पारेको छ। भारतले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा पहिलो पटक हराउँदै सफलता हात पारेको हो। अस्ट्रेलियामा टेस्ट खेल्न भ्रमण गर्न थालेको भारतले ७१ वर्षपछि पहिलो पटक जित हात पारेको हो। चौथो तथा अन्तिम टेस्टको पाँचौँ दिन पनि वर्षाले खेल सम्भव नभएपछि भारतले २–१ को अग्रता लिँदै अस्ट्रेलियन भूमिमा टेस्ट सिरिज हात पारेको हो ।

by Anu Rana | Jan 09
img
मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी

मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने छ । नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् ।

by RSS | Jan 08
img
एक सय उनन्तीस खेलाडी छनोट

जिल्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् । जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा आठ, ह्याण्डबलमा १२, टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, फुलकन्टयाक्ट कराँतेमा दुई तथा

by RSS | Jan 08
img
कप्तान १९९८ सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको बहुप्रतिक्षित पुस्तक ‘कप्तान १९९८’ शुक्रबार सार्वजनिक भएको हो । क्रिएटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको संस्मरणात्मक पुस्तकमा मूलतः क्रिकेटभित्रका खेल पक्ष समेटिएको छ । सुरुमा क्षेत्रीले नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पाएका थिए । सन् १९९८ मा उनले पहिलोपटक सिनियर टोलीको कप्तानी अवसर गर्न पाए । 

by Anu Rana | Jan 06
img
गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।

by RSS | Jan 06
img
राष्ट्रिय महिला भलिबल पुसको अन्तिममा

न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ । यही पुस २५ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ),

by RSS | Jan 04
img
‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ ।

by RSS | Jan 04
img
उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो । अवार्ड प्राप्त गर्ने खेलाडीले रु एक लाख प्राप्त गर्नेछन् ।

by RSS | Jan 04
img
आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले

by RSS | Jan 03
img
‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग

by RSS | Jan 02
img
दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ ।

by RSS | Jan 02
img
‘ए’ डिभिजन लिग : १२औँ चरणका खेल सोमबारदेखि

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।

by RSS | Dec 30
img
भारतको संयमित सुरुआत  

अस्ट्रेलिया र भारतबीचको जारी तेस्रो टेस्टको तेस्रो दिन सकिदा भारतले ३४६ रनको अग्रता हासिल गरेको छ। अस्ट्रेलिया पहिलो पारीमा १५१ रनमा समेटिए पछि २९२ रनको अग्रता हासिल गरेको भारतले आफ्नो दोस्रो पारीमा खराब सुरुवात गर्दै ५ विकेट गुमाएर ५४ रन बनाएको छ।

by Anu Rana | Dec 30
img
स्वर्णपदक विजेता महर्जन पुरस्कृत

नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर

by RSS | Dec 30
img
एएफसी कपमा मनाङले नेपालको प्रतिनिधित्व गर्ने

जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो ।

by RSS | Dec 28
img
आलेख : देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् ।

by RSS | Dec 27
img
‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ०ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

by RSS | Dec 27