खेलकुद

img
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग–यो ।

by RSS | Feb 14
img
शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो ।

by RSS | Feb 12
img
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको

by RSS | Feb 11
img
लेष्टर सिटीमाथि टोटनहृयामको जित

टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

by Anu Rana | Feb 11
img
महिला फुटबल : नेपाल–भारत भिड्दै

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ ।

by RSS | Feb 11
img
म्याराथन दौड प्रतियोगिता फागुनमा

नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

by RSS | Feb 10
img
सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता

नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिनुभयो । सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो ।

by RSS | Feb 10
img
‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने बताउनुभयो । खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ

by RSS | Feb 10
img
राष्ट्रिय भलिबल फागुन २ देखि

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११

by RSS | Feb 10
img
ब्राजिलमा आगोमा परेर १० युवा फुटबल खेलाडीको मृत्यु

ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबको टे«निङ सेन्टरको छात्रावासमा आगलागी हुँदा १० खेलाडीको मृत्यु भएको हुनुको साथै आगलागीमा परी तीन जना घाइते भएको जनाइएको छ।

by Anu Rana | Feb 10
img
बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु

मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो ।

by RSS | Feb 08
img
‘बि’ डिभिजन लिग फुटबल शुरु

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

by RSS | Feb 08
img
डिपिएल : विजेताले रु ३० लाख पाउने

यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो ।

by RSS | Feb 07
img
आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति आज तोकिँदै

प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक आज बस्दैछ । कार्यकारी समितिको बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्नुका साथै प्रतियोगिताका लागि अनुमानित बजेटलाई समेत अन्तिम रूप दिने राखेप स्रोतले जनाएको छ ।

by RSS | Feb 07
img
डिपिएल क्रिकेट – काठमाडौँलाई इस्लिङटन कलेजको साथ

धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौताको रकम भने खुलाइएको छैन । 

by RSS | Feb 06
img
तेक्वान्दोमा नेपाललाई कास्य

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो ।

by RSS | Feb 06
img
क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो ।

by RSS | Feb 05
img
हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान भेटियो

सातादिनदेखि विमानसहित बेपत्ता भइरहेका अर्जेन्टिनी फुटबलर इमिलिआनो सालाको खोजीमा ‘ब्रेक थ्रु’ मिलेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सालाको विमान बेपत्ता भएको सम्भावित क्षेत्रमा प्राविधिक टोलीले खोजी थालेको २ दिनपछि साला सवार विमानका दुईटा सिट फेला परेको र साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ ।  

by Anu Rana | Feb 05
img
पारा तेक्वान्दो टोली टर्की जाँदै

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् । 

by RSS | Feb 01
img
शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले

by RSS | Feb 01