खेलकुद

img
चिनियाँ फुटबलको शिक्षक मार्सेल्लो लिप्पीको राजीनामा  

मार्सेल्लो लिप्पीले चीनको राष्ट्रिय फुटबल टोलीसँगको यात्रा टुङ्ग्याएका हुन । उनी चिनियाँ फुटबल टोलीका मुख्य प्रशिक्षकको भूमिकाबाट बाहिरिएका छन ।

by Anu Rana | Feb 01
img
कराँते टोली युएई प्रस्थान

जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिञ्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

by RSS | Jan 31
img
नेपाल–पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल मैदान वर्षाका कारण खेल्न लायक छैन ।

by RSS | Jan 31
img
अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

by RSS | Jan 30
img
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा  

जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जापानले इरानलाई ३–० हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनलमा जापानले कतार र यूएईबीचको विजेतासँग खेल्नेछ । कतार र यूएई मंगलबार (आज) राति भिड्दैछन् ।

by Anu Rana | Jan 29
img
क्रिकेटमा इतिहास कायम गर्ने मौका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो ।

by RSS | Jan 28
img
प्रधानमन्त्री ओलीद्वारा रोहितलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिनुभएको हो । 

by RSS | Jan 27
img
टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल  

नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

by Anu Rana | Jan 27
img
नेपाली टिमको साफ च्याम्पियनसिपको तयारी भारतमा

भारतमा हुने ‘फोर नेशन टुर्नामेन्ट’ का लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक हरि खड्काले नेपाल र भारतसहित म्यानमार र श्रीलंकाबीच हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यसलाई महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिइएको छ ।

by Anu Rana | Jan 27
img
नेत्रहीन महिला टोलीले पाकिस्तानसँग खेल्ने

नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक आयोजना हुन लागेको नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेटसँग पाँच खेलको सिरिज खेल्ने भएको छ । यही माघ १३ देखि २३ गतेसम्म पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्ले आयोजना गर्ने सिरिजमा पाँच खेल हुनेछ । आज यहाँ आयोजित बिदाइ कार्यक्रममा टिमका प्रशिक्षक र कप्तानले पाकिस्तान विरुद्धको पाँच खेलको सिरिज जित्ने दाबी गर्नुभयो ।

by RSS | Jan 25
img
परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहल

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो । पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा निर्माण भएको थियो । हाल खेलाडीको सक्रियता बढेपछि पूर्ण आकारसहित व्यवस्थित कभर्डहल निमार्ण गरिएको हो ।

by RSS | Jan 25
img
साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक मार्च २ मा

दक्षिण एशियाली खेलकूद (साग)को नयाँ मिति आगामी मार्चमा घोषणा हुने भएको छ । आगामी चैत महीनाका लागि तोकिएको दक्षिण एशियाली खेलकूद (साग) पूर्वाधारका कारण गर्न नसक्ने पत्र राष्ट्रिय खेलकूद परिषद्ले नेपाल ओलम्पिक कमिटीलाई पठाएपछि यसबारे छलफल गर्न साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक आगामी मार्च २ मा बस्ने भएको छ । 

by RSS | Jan 24
img
ओपनिङको चुनौती लिन तयार छु – पारस खड्का

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार  प्रस्थान गरेको हो । एकदिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय र माघ १७, १८ र २० मा टी–२० खेल्नेछ।

by Anu Rana | Jan 24
img
वर्षाका कारण खेल रद्द

उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

by RSS | Jan 23
img
महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

by RSS | Jan 23
img
तेक्वान्दो खेलाडी छनोट

आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलका २४ खेलाडी छनोट गरिएको छ । इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा जिल्ला खेलकूद विकास समिति र जिल्ला तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा खेलाडी छनोट गरिएको हो । छनोट भएका खेलाडीमा ज्ञान गड्तौला, विनोद मुखिया, मिलकुमार सेर्मा, लोकेन्द्र तामाङ, दावा लामा, अविनास गुरुङ, सन्तोष राई, करिना प्रधान,

by RSS | Jan 23
img
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । 

by RSS | Jan 22
img
एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ ।

by RSS | Jan 21
img
प्याब्सन खेलकुद प्रतियोगिता

आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ प्याब्सन स्र्पोट्स मिट–२०७५ माघ १० गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, मोरङद्वारा लक्ष्मी खेलमैदान लक्ष्मीमार्ग बेलाबारीमा एक सातासम्म हुने सो प्रतियोगितमा २३८ विद्यालयका एक हजार ५०० विद्यार्थीले भाग लिने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । 

by RSS | Jan 21
img
अनियमितताको आरोप निराधार : एन्फा

अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभयो, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ

by RSS | Jan 18